र्बैंकिङ कसुर गरी भागेका अभियुक्त पक्राउ

२0८0 जेष्ठ १0 बुधबार
र्बैंकिङ कसुर गरी भागेका अभियुक्त पक्राउ

उदयपुर, जेठ १०

अदालतले दोषी करार गरे पनि फरार रहेका एक अभियुक्तलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर अपराधमा दोषी करार भई १ दिन कैद र २ लाख रुपैँया जरिवानाको भागीदार भए पनि फरार रहेका त्रियुगा नगरपालिका ७ चुहाडेका २९ वर्षीय कमल श्रेष्ठ पक्राउ परेका हुन् । 


जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार श्रेष्ठलाई उच्च अदालत पाटनको मितिः ०७९ माघ २३ ग तेको फैसला अनुसार दोषी प्रमाणित भए पनि फरार रहेका थिए । श्रेष्ठ घर गाउँमै लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले खोजी गर्दो चुहाडेबाटै पक्राउ परेका हुन् । 


अदालत र प्रहरी सूचीमा फरार श्रेष्ठलाई सजाय भुक्तानका लागि बुधबारै जिल्ला अदालत उदयपुर पठाइएको प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताए ।