बालिका बलात्कार गरी फरार आरोपी पक्राउ 

२0८0 जेष्ठ ६ शनिबार
बालिका बलात्कार गरी फरार आरोपी पक्राउ 

उदयपुर, जेठ ६

बालिका बलात्कार अभियोगमा फरार एक युवक प्रहरी नियन्त्रणमा परेका छन् । झण्डै महिनादिनअघि १४ वर्षीया बालिकालाई जवरजस्ती गरी फरार रहेका मधेस प्रदेशका युवा शुक्रबार पक्राउ परेका हुन् । 


वैशाख १३ गते बालिका बलात्कार गरेर भागेका सप्तरीको सुरुङ्गा नगरपालिका ३ चहकाका ३० वर्षीय श्रवण श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । श्रेष्ठलाई उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ लालपत्तबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताए । 


डिएसपी चौधरीका अनुसार उनलाई लालपत्ता प्रहरी चौकीमार्फत पक्राउ गरिएको हो । अहिले उनलाई जिल्ला प्रहरीमा ल्याएर हिरासतमा राखी अनुसन्धान भईरहेको छ । श्रेष्ठलाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिनको म्याद थपिएको पनि चौधरीले बताए ।