उदयपुर सिमेन्ट बचाउन ‘खवरदारी समिति’ गठन

२0८0 जेष्ठ १ सोमबार
उदयपुर सिमेन्ट बचाउन ‘खवरदारी समिति’ गठन

उदयपुर जेठ १

टाट पल्टेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) लाई पुनरजीव्न दिन ‘उद्योग बचाउ खवरदारी समिति’ गठन भएको छ । उद्योग परिसरमा सोमबार सम्पन्न स्थानीवसीको भेलाले स्थानीय राधारमण खतिवडाकोसंयोजकत्वमा २७ सदस्यी समिति गठन गरेको हो ।


त्रियुगा नगरपालिका ६ जलजलेस्थितञ पूर्ण सरकारी स्वामित्वको उद्योग गएको २ वर्षयता टाट पल्टदै गएको छ । उद्योग धरासायी भएको भन्दै बचाउका लागि स्थानीयहरु स्वतस्फुर्त रुमपा बचाऊ अभियानका लागि खवरदारी समिति गठन गरिएको त्रियुगा नगरपालिका ६ का वडा सदस्य प्रवेश खड्काले बताए । 


सोमबार विहान ८ः०० देखि १०ः०० बजेसम्म उद्योगको मूल प्रवेशद्वार अगाडि भएको भेला तथा धर्ना कार्यक्रमपछि खतिवडाको संयोजकत्वमा समिति गठन भएको हो । धर्नामा बसेकाहरुले बिभिन्न माग लेखिएको नारा र प्लेकार्ड छातिमा टाासेका थिए । 


‘उद्योग छेउको बास, प्रदुषणको रास, हराभरा समाजको कहिले गर्ने आस ?’, लुट्नसम्म लुट्यौ लुटेरा हो अव छैन छुट, स्थानीय जागिसके पर्दाफास गर्न तिम्रा ब्रम्हलुट’ लेखिएको व्यानर धर्नाकारीहरुको छातिमा टाँसिएको थियो । त्यसैगरी ‘उद्योगकै कमाईल घर गोठ बनायौ, जानेबेला उद्योगलाई रित्तिनबाट खोई जोगायौ ?’ भन्ने प्लेडकार्ड पनि हातमा बोकेका थिए । 


उद्योग आसपासका जलजले, देउरी, श्रीपुर, दमौटी, लालपत्ता, बगाहा, चुहाडे, सुकौरा, चिलाउनेलगायत प्रदुषणक्षेत्रको बढीजसो जमघट रहेको धर्ना कार्यक्रममा गाईघाट बजारबासी सचेत नागरिकहरुको पनि सहभागिता रहेको थियो । जम्मा ६७ जनाको सहभागिता रहेको धर्नाबाटै त्रियुगा ५ श्रीपुरका खतिवडा संयोजक रहेको समिति गठन गरिएको हो । समितिको संयोजकत्वमा राजकुमार घिमिरे, सचिव प्रवेश खड्का, सहसचिव रमाकान्त चौधरी रहेका छन् । 


सदस्यमा पवन ढकाल, अरविन बोगटी, तिलक लामा, सीताराम चौधरी, दुृर्गा श्रेष्ठ, हरि श्रेष्ठ, मिलन घिमिरे, बिक्रम ढुंगाना, दावा शेर्पा, विष्णु भुजेल, मानबहादुर खड्का र छाताराम चौधरी रहेका छन् । त्यसैगरी अन्य सदस्यमा मनोज पौडेल, केशव आचार्य, पुष्प अधिकारी, शत्रुघन साह, देवबहादुर कार्की, जगन्नाथ भट्टराई, दीर्घसिंह कार्की, किरण ढुंगाना, पुरुषोत्तम खतिवडा र सञ्जिव चौधरी पनि सदस्य रहेको खड्काले बताए ।


खवरदारी समितिले तत्काल बैठक राखी विभिन्न ५ बुँदे निर्णयसमेत गरेको छ । बैठकले अघिल्लो दिन काटिएको विद्युत लाईन तत्काल पुनरजडान गर्न सम्बन्धित निकायसमक्ष आग्रह गर्ने, कोईला, कवाडी, सुरक्षाकर्मी व्यवस्थापन लगायतको बेथिति र भ्रष्टाचार छाविन गर्न तत्काल उच्चस्तरीय समिति गठन गर्न,उद्योग सुधारका लागि विभिन्न मागसहित जिल्ला प्रशासन कार्यालय र उद्योग मन्त्रालयमार्फत सरकारको ध्यानाकर्षण गराउने, माग पुरा गराउन गेटअगाडि हरेक दिन विहान ९ः०० देखि १०ः०० बजेसम्म धर्ना दिने, ट्रेड युनियनहरुसँग नियमित अन्तरक्रिया र छलफल गर्ने निर्णय बैठकले गरेको छ ।