उपमेयर गौल्डकपः सुनसरीलाई ९–१ गोल गर्दै झापा फाईनलमा   

२0८0 बैशाख २0 बुधबार
उपमेयर गौल्डकपः सुनसरीलाई ९–१ गोल गर्दै झापा फाईनलमा   

उदयपुर, वैशाख २०


गाईघाटमा जारी ‘प्रथम त्रियुगा उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगितामा भाफा फाईनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा अल इन वान झापाले माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब सुनसरीलाई ९–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । 

 


स्थानीय थरुहट उदयपुृर रंगशालामा भईरहेको खेलमा झापाकी रजनी थोकर एक्लैले समूहका लागि ४ गोल गरेकी थिईन् । त्यसैगरी सबिता रानामगरले ३ गोल गर्दा ममता राउत र इशा राना मगरले थप गोल गरेर टिमलाई सर्वाधिक गोलसहित फाईनलमा पुर्याएका ह्ुन् । खेलको म्यान अफ द म्याच उपाधि सुनसरीकी बिनिता राईले पाईन् ।     


बिहीबार हुने अन्तिम सेमिफाईनलमा नमोबृद्ध युथ क्लब सप्तरी र पिएसडब्लु क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) उदयपुरले जनाएको छ । एन्फा अध्यक्ष रञ्जन कार्कीका अनुसार प्रतियोगिता विजेता टिमलाई १ लाख नगदसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । उपविजेताले ५० हजार नगदसहित पुरस्कार पाउनेछ । 


त्रियुगा नगरपालिका ‘जनतासँग उपमेयर कार्यक्रम’को सहयोगमा नगर युवा तथा खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको फाईनल खेल आउँदो २३ गते हुने खेलकुद समितिका अध्यक्ष विजयकुमार सिंहले बताएका छन् ।