उपमेयर महिला गोल्डकपः आजदेखि सेमिफाईनल सुरु हुँदै 

२0८0 बैशाख २0 बुधबार
उपमेयर महिला गोल्डकपः आजदेखि सेमिफाईनल सुरु हुँदै 

उदयपुर वैशाख २०
 

\गत शुक्रबारदेखि सदरमुकाम गाईघाटमा जारी ‘प्रथम त्रियुगा उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिता ं०८०’को सेमिफाईल खेल आजदेखि सुरु हुँदै छ । अघिल्लो दिनसम्म चलेको क्वाटरफाईल खेल सकिएसँगै आजदेखि सेमिफाईनल सुरु लागेको हो । 

 


आज दिउसो हुने पहिलो सेमिफाईनल खेलमा माउण्ट एभरेन्ट स्पोटिङक क्लब सुनसरी र अल इन वान झापाबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी भोलिको खेलमा पिएसडब्लु क्लब मोरङ र नमोबुद्ध युथ क्लब सप्तरीबीच भिडन्त हुने आयोजक अखिल अखिल नेपाल फुपटबल संघ (एन्फा) उदयपुरले जनाएको छ । 


गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा भईरहेको प्रतियोगिता अन्तिम क्लाटरफाईनल खेलमा झापाद्वारा सुनसरीको डिडब्लुएफ क्लब धरान, दोस्रो दिन नमोबुद्ध सप्तरीद्वार हेटौँडा फुटबल एकेडेमी मकवानपुर र उद्घाटनका दिन सुनसरीद्वार बागमति युवा क्लब सर्लाही पराजित भएका थिए । 

 

एन्फाका अध्यक्ष रञ्जन कार्कीका अनुसार प्रतियोगिताको फाईनल खेल आगामी २३ गते शनिबार हुनेछ । त्रियुगा नगरपालिकाको ‘जनतासँग उपमेयर कार्यक्रम’ अन्तर्गत नगर युवा तथा खेलकुद विकास समितिको समन्वयमा आयोजित प्रतियोगिताको वजेताले ट्रफिसहित १ लाख नगद पुरस्कार पाउनेछ । उपविजेताले ५० हजार नगदसहित मेडल र प्रमाणपत्र पाउनेछ । 


बिधागततर्फ पनि बिभिन्न पुरस्कारहरु बितरण गर्ने कार्यक्रम रहेको नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष विजयकुमार सिंहले बताए ।