गाईघाटमा ‘उपमेयर गोल्डकप फुटबल: सुनसरीको विजयी सुरुवात

२0८0 बैशाख १६ शनिबार
गाईघाटमा ‘उपमेयर गोल्डकप फुटबल: सुनसरीको विजयी सुरुवात

उदयपुर वैशाख १६

शुक्रबारदेखि गाईघाटमा सुरु भएको ‘त्रियुगा उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिता ०८०’मा सुनसरीले विजयी यात्रा सुरु गरेको छ । स्थानीय थरुहट उदयपुर रंगशालामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा बागमति युथ क्लब सर्लाहीलाई पराजित गर्दै माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरीले विजयी यात्रा प्रारम्भ गरेको हो । 

 


सुनसरीले टाईब्रेकरमा ४–१ गोल अन्तरले बागमतिलाई हराउँर्दै सेमिफाईनलको यात्रा तय गरेको छ । निर्धारित ६० मिनटको समय दुवैपक्षबाट गोलरहित सकिएपछि नतिजा निकाल्न टाईब्रेकरको सहारा लिइएको हो । टाइब्रेकरमा सुनसरीका लागि सरिता राई, आशिका मगर र अन्जना राईको प्रहारले जाली चुमेको थियो ।  बागमतिको तर्फबाट भने मन्दिरा राई मात्र गोल गर्न सफल भएकी थिईन् । 


खेलको ‘म्यान अफ द म्याच’ सुनसरीकै अन्जना राई घोषित भईन् । उनलाई नगद २ हजार र ट्रफि प्रदान गरियो । खेल अनुशासन तोडेको भन्दै सुनसरीकै गोलकिपर अनु बस्नेत मुख्य रेफ्री अम्बर राईको पहेँलो कार्डको सामना गर्न पुगिन् । 


त्रियुगा नगरपालिकाको ‘जनतासँग उपमेयर कार्यक्रम’ अन्तर्गत अखिल नेपाल फुटबल संघ (एन्फा) उदयपुरको आयोजना र नगरपालिकाको युवा तथा खेलकुद विकास समितिको समन्वयमा सुरु प्रतियोगिता विजेतालाई ट्रफिसहित १ लाख नगद पुरस्कार दिइने छ । उपविजेताले ५० हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता आउँदो २३ गतेसम्म सञ्चालन हुने आयोजक एन्फा उदयपुरका अध्यक्ष रञ्जन कार्कीले बताए । 


प्रतियोगिताको दोस्रो दिनको खेलमा नमोब्ुद्ध युवा क्लब (एनसिवाईसी) सप्तरी र हेटौँडा फुटबल एकेडेमी मकवानपुरबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सुनसरी, सर्लाही, झापा, सप्तरी, मकवानपुर, मोरङ र घरेलु टिम उदयपुर गरी ८ समूहको सहभागिता रहने नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष विजयकुमार सिंहले बताए । 


प्रतियोगिताको नगरप्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै मेयर बस्नेतले महिलाहरुलाई फुटबल खेलप्रति आकर्षित गर्दै राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी बनाउन प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेलकुदको माध्यमबाट महिलाहरुले आत्मबल बढाउँदै सामाजिक विकासमा योगदान गर्न सक्ने बताए । त्रियुगा नगरपालिकाले खेलकुदको विकास गर्न वडावडामा खेलमैदान निर्माण गर्र्दे खेलकुद गतिबिधि गर्दै आएको पनि बस्नेतले बताए । 


उपप्रमुख महेश्वरी राईले खेलकुदले महिलाहरुलाई गतिसिल, स्वस्थ्य र सभ्य नागरिक बनाउन मद्धत पुग्ने बताईन् । उनले पुरस्कार राशीभन्दा पनि खेलकुदले राष्ट्र, राष्ट्रियता, समाजप्रति उत्तरदायी बनाउनुका सार्थै मानसिक र शारिरीक स्वास्थ्यलाई फाईदा पुग्ने बताईन् । उनले पुरुषभन्दा कुनै कुरामा कम र्छैनन् भन्ने देखाउन पनि 
महिलाहरु खेलकुद, राजनीति र समाजसेवा सबैमा अग्रसर हुनुपर्ने बर्ताइन् ।