दाहाल अनेट्रेयुको प्रदेश उपाध्यक्ष निर्वाचित

२0८0 बैशाख ५ मंगलवार
दाहाल अनेट्रेयुको प्रदेश उपाध्यक्ष निर्वाचित

उदयपुर वैशाख ५

उदयपुरका मजदुर नेता पदम दाहाल नेकपा (माओबादी केन्द्र) निकट मजदुर संगठन ‘अखिल नेपाल ट्रेड युनियन महासंघ’को १ नं. प्रदेश कमिटी उपाध्यक्ष निर्वाचित भएका छन् । सोमबार इटहरीमा सम्पन्न महासंघको ‘१ नं. प्रदेश सम्मेलन’ले टीकाप्रसाद प्रसाईको अध्यक्षतामा गठित समितिमा दाहाल उपाध्यक्ष चयन भएका हुन् ।


सम्मेलनले अर्का उपाध्यक्षमा देवीप्रसाद खनाललाई चयन गरेको छ भने सचिव उमानाथ रेग्मी तथा सहसचिवमा जगत तामाङ र राकेश बराईलीलाई छानेको छ । त्यसैगरी कोषाध्यक्षमा शान्ता पोखरेल चयन भएकी छिन् । सम्मेलनले प्रदेशका १४ वटै जिल्लाको भौगोलिक र गैरभौगोलिक प्रतिनिधित्व गराउँदै ४१ सदस्यीय समिति गठन गरेको छ । 


पार्टी केन्द्रीय सदस्य तथा फ्र्याक्सन इन्चार्ज साबित्रीकुमार काफ्ले (समर)को प्रमुख आतिथ्य तथा प्रदेश १ का अध्यक्ष हर्क नेम्बाङ (मिक्सो)को विषेष आतिथ्य रहेको सम्मेलनमा महासंघका केन्द्रीय उपाध्यक्ष धनबहादुर कि, केन्द्रीय सदस्यहरु हेम कार्की (विशाल), शारदा पोखरेल, सपना परियार तथा महासंघ प्रदेशसभा इन्चार्ज भूपाल सापकोटा, सहइन्चार्ज उपेन््र राय, गैरभौगोलिक जिल्ला पार्टी संयोजक भानु मैनालीलगायत नेताहरुको उपस्थिति थियो ।