जाँगासहित २ पक्राउ 

२0७९ चैत्र २९ बुधबार
जाँगासहित २ पक्राउ 

उदयपुर प्रहरीले अवैध जडिबुटीको रुपमा व्याख्या गरिने गाँजा कारोबार गरेको आरोपमा यहाँका २ जनालाई बुधबार पक्राउ गरेको छ । 


बुधबार विहान अन्दाजी ८ः३० बजेको समयमा कटारी नपा १० तिल्केचौरबाट  प्रहरी चौकी सोरुङछबिसेबाट खटेको टोलीले मोटरर्साकलमा लाँदै गरेको अवस्थामा गाँजा पक्राउ गरेको हो । प्रहरी सहायक निरीक्षक (असई) टंकप्रसाद आचार्यको टोलीले शंका लागी चेकजाँच गर्दा बा ६७ प ३११४ नम्बरको मोटरर्साकलमा १० किलो गाँजा फेला पारेर बरामद गरेको हो । 


गाजाँसहित प्रहरीले जिल्लाको ताप्ली गाउँपालिका ४ का २८ वर्षीय काशीराज राई र सोही ठाउँका २९ वर्षीय तेजबहादुर राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय कटारीमा ल्याई आवश्यक अनुसन्धान सुरु भएको छ । 


पक्राउ द्वयलाई बुधबारै  जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद थपेर थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रवक्ता इन्सपेक्टर मोहन थापाले बताएका छन् । 

 

गाँजा सर्वगुण सम्पन्न जडिबुटी मानिए पनि सरकारले गैरकानुनी वनस्पतिको रुपमा व्याख्या गरेकाले लगभग सयवर्षयता नेपालमा यो प्रतिबन्धित हुँदै आएको छ । जुनसुकै मौसम र हावापानी तथा बिना मल र सिंचाई पनि उत्तिकै उत्पादन गर्न सकिने र बिक्री बितरणमा पनि राम्रो मूल्य पाउने यो वनस्पति सयवर्षअघिसम्म नेपालमा खेती गर्न र किनबेच तथा प्रयोग गर्न खुल्ला थियो । 


बहुगुणले भरिएको वनस्पति भएकाले गाँजालाई कानुनी दायरामा ल्याएर खुल्ला रुपमा खेती गर्न र किनबेच गर्न तथा प्रयोग गर्न पाउने व्यवस्था गर्न सके वर्षेनी अर्बौँ राजश्व संकलन हुनुका साथै बाँझो र रुखो जमिनमा पनि उत्पादन गरेर आर्थिाकापार्जनमा बढोत्तरी गर्न सकिने अर्थशास्त्रीहरुको तर्क छ । सोही तर्कका साथ गाँजा खेतीर्ला खुल्ला गर्नपर्ने माग राख्दै देशका अगुवा बुद्धिजिवी र अर्थशास्त्रीहरुले केहीवर्षयता यसबारे राष्ट्रिय बहस गरिरहेका छन् । जस अनुसार ०७४ को निर्वाचनपछिको संघीय संसदमा गाँजालाई कानुनी मान्यता दिदै खुल्ला गर्न माग गर्दै यसबारे छलफल गर्न गैरसरकानी विध्ययक दर्तासमेत भएको थियो । 


तत्कालीन सांसद तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले गाँजालाई कानुनी मान्यता दिएर खुल्लारुपमा खेती गर्दै देशको अर्थतन्त्रलाई टेवा पुर्याउनुपर्ने माग गर्दै संसदमा गैरसरकारी बिध्येयकको रुपमा दर्ता गराएका थिए । तर, केही समय छलफल भए पनि औपचारिक रुपमा छलफल गर्न भने सरकारले संसदलाई दिएन । गाँजालाई गैरकानुनी भनेर व्याख्या गरिए पनि खेती गर्ने र खरिद बिक्री गर्ने क्रम भने रोकिएको छैन । 


गाँजाको गुपचुप खरिद बिक्री गर्नाले वर्षेनी हजारौँ नेपाली युवाहरु यसको कारोबार, खरिद बिक्री र प्रयोग गरेको आरोपमा पक्राउ परी जेलनेल भोग्नुका साथै दण्ड जरिवाना तिर्नु पर्दा देशलाई चौतर्फी क्षति हुदै आएको छ । गाँजालाई गैरकानुनी वनस्पतिको रुपमा व्याख्या गरिए पनि यसको खरिद बिक्री वा प्रयोगको आरोपमा सोझा सिधा जनताले अनाहकमा दुःख पाउदै आएका छन् । तर, वास्तविक व्यापारिक नाईके र असली तस्करहरु भने प्रहरी प्रशासनको नजरबाट जोगिदै आएको आरोप लाग्ने गरेको छ ।