महिलै महिलाको शिक्षक अभिभावक संघ

२0७९ चैत्र २३ बिहीबार
महिलै महिलाको शिक्षक अभिभावक संघ

उदयपुर, चैत २२

उदयपुरको एक विद्यालयमा महिलै महिला पदाधिकारी रहेको शिक्षक अभिभावक संघ निार्मण भएको छ । जिल्लाको उदयपुरगढी गउाँपालिका ६ स्थित माध्यामिक विद्यालय बोहोरीबोटको शिक्षक अभिभावक संघमा सबै महिला पदाधिकारी रहेको समिति गठन गरिएको हो ।

 

बुधबार आयोजित शिक्षक तथा अभिभावक भेलाले पदमकुमारी मगरको अध्यक्षतामा ८ सदस्यीय समिति गठन गरेको हो । समितिका सदस्यहरुमा क्रमशः रेनुका बिक, सीता भुजेल, राधिका मगर, रुपा बोहोरा, तिलकुमारी चापागार्इ,  भिमकुमारी मगर र बिमला खत्री चयन भएको प्रधानाध्यापक श्याम खत्रीले बताए ।

 

प्रअ खत्रीका अनु्सार भेलाले सर्वसम्मत समिति गठन गरेको हो । कक्षा १० सम्म सञ्चालित उक्त विद्यालय शिक्षक अभिभावक संघमा महिला मात्रै पदाधिकारी रहेको यो पहिलो हो । संघमा विद्यालय व्वस्थापन समिति अध्यक्ष पदेन सदस्य हुने व्यवस्था रहेको प्रअ खत्रीले बताए ।