ताप्लीमा महिला सञ्जालले बालबिबाह न्यूनिकरण गर्ने 

२0७९ चैत्र १३ सोमबार
ताप्लीमा महिला सञ्जालले बालबिबाह न्यूनिकरण गर्ने 

उदयपुर, चैत १३

जिल्लाको ताप्ली गाउँपालिकामा यूवा महिला सञ्जाल गठन भएको छ । आईतबार आयोजित युवा तथा महिला भेलाले स्थानीय तिजा मगरको अध्यक्षतामा सञ्जाल वठन भएको हो । 

 


महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको आयोजनामा गाउँपालिका ५ रुपाटारस्थित सभाकक्षमा भएको भेलाले मगर नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सञ्जालको उपाध्यक्षमा बिबिशा दियाली चयन भएकी छिन् भने सचिवमा कामना श्रेष्ठ र कोषाध्यक्ष सफलता श्रेष्ठ छानिएको आयोजक स्रोत केन्द्रले जनाएको छ । 


कार्य समितिमा रञ्जना मगर, खेमकुमारी श्रेष्ठ, अञ्जना खड्का, सुजता खड्का, मञ्जु राई बिनमाया मगर र अञ्जु राई सर्बसम्मत सदस्य चयन भएका छन् । भेलाको अवसरमा बालविवाह न्यूनिकरणकासम्बन्धी अन्तरक्रियासमेत गरिएको थियो । भेला समापनको अवसरमा गाउँपालिका उपाध्यक्ष धना मगरले नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई बधाई ज्ञापन गर्दै कार्य सफलताको कामना गरिन्् । 


उनले समाजमा अहिले पनि बालविवाहजस्तो जघन्य आपराधिक काम अभिभावक र सामाजिक अगुवाहरुबाटै भईरहेको भन्दै यस्तो बिकृति हटाउन सञ्जालले ठोस रुपमा कदम चाल्नुपर्ने बताईने । बालबिबाह न्यूनिकरण र महिला तथा बालबालिकामाथि हुने सबैखाले हिंसा कम गर्दै अन्त्य गर्ने कार्यक्रम ल्याउन पनि उनले सञ्जाललाई सुझाईन् । 


बालबिबाहसँगै प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभियान सञ्चालन गर्न पनि सञ्जालले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उपाध्यक्ष मगरको जोड थियो ।