सामुदायिक वनक्षेत्रमा बनेका सुँगुरका खोर भत्काइयो

२0७९ चैत्र २ बिहीबार
सामुदायिक वनक्षेत्रमा बनेका सुँगुरका खोर भत्काइयो

उदयपुर, चैत २

यहाँको राजदेवी सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्र अतिक्रमण गरी निर्मित सँुगुरका खोरहरु बिहीबार दिउसो भत्काइएको छ । त्रियुगा नगरपालिका ६ जलजलेक्षेत्रमा वन समूहको जमिन मिचेर सुँगुर पालनका लागि बनाइएका ३ दर्जन बढी खोर भत्काइएको हो । 

वनक्षेत्रमा खोर नबनाउन, बनेका खोरहरु भत्काउन पटकपटक सार्वजनिक सूचना र व्यक्तिगत रुपमा भेटेर आग्रह गर्दा पनि अटेर गरेपछि समू्रहका पदाधिकारी र सबडिभिजन वन कर्मचारी खटाएर खोर भत्काउनु परेको सडडिभिजन वन कार्यालय देउरीका रेञ्जर बाबुराम फुयालले बताए । उनका अनुसार समूह पदाधिकारी र वन कर्मचारीको संयृुक्त टोली परिचालन गरी खोर भत्काएको हो । 

स्थानीयले वर्षौँदेखि वन समूहको जमिन आफ्नै जत्तिको ठानेर अतिक्रमण गर्दै खोर बनाएर सुँगुर पाल्दै आएका थिए । खोर नबनाउन र बनेका खोर भत्काउन आग्रह गर्दा नमानेपछि बाध्य भएर भत्काउनु परेको रेञ्जर फुयालको भनाई छ । 

उनका अनुसार जमिन मिचेर निर्मित ३७ वटा खोर भत्काउन घण्टौँ लागेको थियो । समूह र वन कार्यालयले जतिसुकै रोक्न खोजे पनि स्थानीयले जंगलमै टाँसेर काठ र बाँसबाट खोर बनाउँदै सुँगु्र पाल्दै आएकाले बाध्य भएर बल प्रयोग गरेर भत्काउनु परेको समूहले जनाएको छ । खोर भत्काइएपछि छाडा हुन पुगेका २–र्३ सयभन्दा बढी सुँग्ुर अलपत्र परेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । 