अपाङ्गता र बृद्धबृद्धालाई न्यानो कपडा

२0७९ फाल्गुन २९ सोमबार
अपाङ्गता र बृद्धबृद्धालाई न्यानो कपडा

उदयपुर, माघ २७

 

त्रियुगा नगरपालिका १६ नं. वडाले वडाभित्रका अशक्त जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिहरुलाई न्यानो कपडा बितरण गरेको छ । वडागत स्वीकृत वार्षिक कार्यक्रम अनुसार जाडोमा सहज बनाउन न्यानो कपडा बितरण गरिएको हो ।

 

 वडाबासी जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई जाडोमा सहज बनाउने उदेश्यले न्यानो कपडा फाइबरको सिरक बितरण गरेको वडाध्यक्ष मानबहादुर राईले बताए ।

 

उनका अनुसार वडाको १ लाख बजेटबाट ३४ जना अपाङगता भएका र ८० बर्षमाथिका ३७ जना जेष्ठ नागरिकहरुलाई सिरक वितरण गरिएको छ ।     

 

वडा सचिव महेश खनालले लक्षित बर्ग साामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत क र ख बर्गका अपाङगता तथा जेष्ठ नागरिकहरुलाई कपडा वितरण गरिएको बताए ।

 

शुक्रबार वडा कार्यालय चिलाउने आयोजित एक कार्यक्रममा वडाध्यक्ष राई, जिल्ला समन्वय समिति सदस्य गोमा ढुंगाना र वडा सदस्यहरुले कपडा बितरण गरेको सचिव खनालले बताए ।