त्रियुगा क्याम्पस स्ववियु चुनाव: अखिल (क्रान्तिकारी)को विजय सुनिश्चित

२0७९ फाल्गुन २८ आईतवार
त्रियुगा क्याम्पस स्ववियु चुनाव: अखिल (क्रान्तिकारी)को विजय सुनिश्चित

गाइघाट, फागुन २८

आउँदो चैत ५ गते हुन गईरहको स्वतन्त्र बिद्यार्थी युनियन चुनावमा त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा अनेरास्वविय (क्रान्तिकारी)ले बाजी मार्ने गरी तयारी थालेको छ । अघिल्लो दिन सभापतिलगायत पुरै प्यानलमा मनोनयन दर्ता गरिसकेको अखिल क्रानितकारीले जित सुनिश्चित गर्ने गरी प्रचार अभियानलाई तिब्रता दिएको छ । 


नेकपा (माओवाद केन्द्र) निकट अखिल क्रान्तिकारीले सभापतिमा सरोज कार्की, सचिवमा रञ्जना मगर र कोषाध्यक्षमा डोमा राईसहितको प्यानल खडा गरेर चुनावी प्रचार अभियानमा होमिएको पार्टी त्रियुगा नगर कमिटीले जनाएको छ । त्रियुगा क्याम्पसमा स्नातकतहमा अध्यनरत २० वर्षीय कार्की क्याम्पसमा लोकप्रिय, इमान्दार र विद्यार्थी भलाईमा खट्दै आएका कारण उनको नेतृत्वको प्यानल स्ववियु जित्ने लगभग पक्कापक्कीजस्तै रहेको नगर कमिटी अध्यक्ष मानबहादुर राई बताउँछन् । 


हाल क्याम्पस कमिटी संयोजक रहेर क्रियासिल रहेका कार्की विद्यालयस्तरदेखि नै विद्यार्थी हकअधिकारप्रति प्रतिबद्ध रहदै आएका छन् । विद्यार्थीको शैक्षिक अधिकार, क्याम्पसको प्रशासनिक सुधार, शैक्षिक गुणस्तर कायम गर्दै भविष्यमा सक्षम शैक्षिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर अघि बढ्ने कुरामा स्ववियु समर्पित हुनुपर्ने अडानमा छन् । 


त्रियुगा क्याम्पसमा एमालेनिकट अखिलले अभिशेक राई नेतृत्वमा र काँग्रेसनिकट नेविसंघले एकीकृत समाजबादीको संयुक्त प्यानलमा चेतन पोखरेल नेतृत्वमा छुट्टाछुट्टै प्यानल खडा गरेका छन् ।