पाँबुमा दुखद घट्ना: आगोले दीदीभाइको ज्यान लियो

२0७९ फाल्गुन २७ शनिबार
पाँबुमा दुखद घट्ना: आगोले दीदीभाइको ज्यान लियो

उदयपुर, फागुन २७

 

रौतामाई गाउँपालिका ८ पाँच ि पाखाटोलमा आगलागी हुँदा एकाघरका २ बालबालिकाको ज्यान गएको छ । स्थानीय रामबहादुर बुर्जामगरको घरमा आगलागी हुदा उनै ६ बर्षिया छोरी जस्मिन २ बर्षिय छोरा रोजनको ज्यान गएको हो ।

 

साँझ सवा ५ बजे तिर अभिभाबक नभएको बेला एक्कासी आगो लाग्दा खेलेर वसेका दुईजनाको घरभित्रै जलेर ज्यान गएको प्रहरीले जनाएको छ ‌।

 

फुसको छानो र ढुङ्गामाटोले बनेको दुईतले घरमा आगलागी हुँदा मानवीय क्षतीसँगै अन्नपात, भाडा वर्तन, लत्ताकपडा सबै जलेर नष्ट भएको छ । आगलागीले मगरको करिब १० लाख बराबरको क्षती पुगेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राकेश पोदारले बताए ।

 

दमकल नभएका कारण स्थानीय र प्रहरी मिलेर ६ बजे मात्र आगो नियन्त्रणमा लिएका थिए । 

 

त्यसैगरी रौतामाईकै ५ नं. वडाको डुडेस्थित एक कृषि फार्ममा आगलागी हुँदा १ सय १० खसी बाख्रा जली मरेका छन् ।मानबहादुर कटुवालले संचालन गरेको रौता राकुली कृषि तथा पशुपंक्षी फार्ममा आगलागी हुँदा ३० वटा बोयर जातको बोका, १ ब्याडे, ११ स्थानीय जाताका बोका, १८ माउ बाख्रा, २२ वटा खसी र पाठापाठी गरि १ सय १० वटा बाख्रा जलेर मरेका छन् ।

 

आगलागीबाट २४ लाख बराबरका खसी बाख्रा र २० लाख बराबरको फार्म गरी ४४ लाखको क्षति भएको डिएसपी पोदारले बताए ।