हराएको मोटरसाईकल प्ररहीले भेटेर बुझायो

२0७९ फाल्गुन २४ बुधबार
हराएको मोटरसाईकल प्ररहीले भेटेर बुझायो


उदयपुर, फागुन २४

सदरमुकाम गाईघाटमा ३ दिनअघि हराएका २ मोटरसाईकल प्रहरीले भेटाएर सम्बन्धित व्यक्तिलाई जिम्मा दिएको छ । भिन्नाभिन्नै ठाउँबाट हराएका मोटरसाईकल खोज तलासको क्रममा भेटाएर प्रहरीले धनीलाई बुझाएको हो । 


फागुन २१ गते राति त्रियुगा नगरपालिका १२ स्थित थरुहट उदयपुर रंगशालाबाट पार्किङ गरिराखेको स १० प ५९७५ नं.को १५० सिसिको पल्सर र त्रियुगा ११ स्थित शिवालय टोलबाट अराएको प्र ३–००२–००२४ प ६०३६ को १५० सिसिकै मोटरसाईकल हराएका थिए ।


मोटरसाईकल हराएको उजुरी प्रहरीमा परेलगत्तै खोजी कार्य थालेको प्रहरीले भोलि पल्ट दुवै मोटरसाईकल भेटाएको जनाएको छ । अलग अलग ठाउँमा बेवारिसे अवस्थामा फेला परेका मोटरसाईकल प्रहरीले धनीलाई बोलाएर मंगलबार दिउसो जिम्मा लगाएको सूचना अधिकारी डिएसपी राकेश पोदारले बताए । 


बाईक धनीहरु त्रियुगा नगरपालिका १२ फुलचोकका दिलिप चौधरी र अर्का पीडिट दुवैलाई जिल्ला प्रहरी कार्यालयमै बोलाएर डिएसपी पोदारले मोटरसाईकल र साँचो हस्तान्तरण गरेका हुन् ।