सात प्राध्यापक सम्मानित

२0७९ फाल्गुन ११ बिहीबार
सात प्राध्यापक सम्मानित

विराटनगर, फागुन ११

महेन्द्र मोरङ क्याम्पस बिराटनगरका व्यवस्थापन संकायका ७ जना प्राध्यापक सम्मानित भएका छन् । प्राध्यापकहरु डा शिवचन्द्र चौधरी, मोहनकुमार श्रेष्ठ, रामकुमार थापा, डा. मोहनकुमार सुवेदी, वेदप्रसाद संग्रौला, डा जनकनाथ सापकोटा र जयकुमार महतो सम्मानित भएका हुन् । 

 

२ दशक बढी लामो समय क्याम्पसमा प्राध्यापन गर्दै आएका उनहरुलाई विषयगत विभागको प्रमुखमा नियुक्त भएको अवसरमा बिहीबार स्वागत गर्दै सम्मान गरिएको हो । म्मानित डा चौधरी व्यवस्थापन–विज्ञान, श्रेष्ठ व्यवस्थापन, रामकुमार थापा बजारशास्त्र, डा. सुवेदी वित्तशास्त्र, संग्रौला अर्थशास्त्र र डा. सापकोटा लेखाशास्त्रका अध्यक्ष र महतो एमपीए अनुसन्धान समितिका संयोजक हुन् । 

 

उनीहरुलाई क्याम्पसका सहायक प्रमुखद्वय शिवनारायण चौधरी र डिल्ली पोखरेल, पूर्व सहपरीक्षा नियन्त्रक डा उद्धव पोखरेलले सम्मानित गरेका हुन् । सो अवसरमा सहायक प्रमुख पोखरेलले ज्येष्ठता, क्षमतालगायतको आधारमा नियुक्ति गरिएका नया“ प्रमुखहरुले प्राज्ञिक उन्नयनमा योगदान दिनेमा आफू पूर्ण विश्वस्त रहेको बताए । सहायक प्रमुख चौधरीले व्यवस्थापन अध्ययनका लागि विद्यार्थीको चाप अनुसार कक्षा कोठाको अभाव रहेको बताउ“दै नया“ भवन बनाउनुपर्ने खाँचो औल्याए ।

 

कार्यक्रममा पूर्व सहपरीक्षा नियन्त्रकद्वय डा उद्धव पोखरेल र नन्द न्यौपाने, त्रिवि आंशिक प्राध्यापक संघ क्याम्पस इकाई अध्यक्ष धीरज आचार्य, सहप्राध्यापक अर्जुन दाहाल, नन्दकिशोर अग्रवाल, दिनेश श्रेष्ठ, बद्री पौडेल र शाखा अधिकृत विनोद कामतले  कार्य सफलताको शुभकामना मन्तव्य राखेका थिए । सम्मानित मोहनकुमार श्रेष्ठले आफुहरुले पाएको विभागीय प्रमुखको जिम्मेवारी बफादार र इमान्दारीतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए । स्वतन्त्र प्राध्यापक समूहबाट आयोजित सो कार्यक्रम डा जनकनाथ सापकोटाको संयोजकत्वमा सम्पन्न भएको थियो ।

 

२ वर्षे कोविड, संसद बिघटनको आन्दोलन र २ चुनावले थिलथिलो भएको अर्थतन्त्रलाई टाउकोमै बजारेर सहकारीहरु भाग्दा समाज स्तभ्द ।