मुर्कुचीमा विज्ञान प्रदर्शनीः दर्जनौ विद्यालय सहभागी

२0७९ फाल्गुन १0 बुधबार
मुर्कुचीमा विज्ञान प्रदर्शनीः दर्जनौ विद्यालय सहभागी

मुर्कुची, फागुन १०


रौतामाई गाउँपालिका ७ मुर्कुचीस्थित नमू्रना माध्यमिक विद्यालयले ‘रौतामाई विज्ञान तथा कला प्रदर्शनी’ सुरु गरेको छ । विद्यालय स्थापनाको ‘६१ औँ वार्षिकोत्सव’को उपलक्ष्यमा बुधबारदेखि दुईदिने प्रदर्शनी सुरु भएको हो । 


विद्यालय परिसरमा आयोजित प्रदर्शनीमा विद्यालयस्तरका छात्रछात्राको कला कौशलको प्रष्फुटन गराउन प्रदर्शनी आयोजना गरिएको प्रधानाध्यापक (प्रअ) खड्गबहादुर थापा मगरले बताए । उनका अनुसार प्रदर्शनीमा विज्ञान, प्रविधि, वातावरण, समाज र शिक्षासँग सम्बन्धित १ सय वटा स्टल रहेका छन् । बालबालिकाको कला, कौशल, क्षमता र प्रतिभा प्रष्फुटन गर्दै मौलाउने अवसर दिलाउने उदेश्यले प्रदर्शनको आयोजना गरिएको मगरले बताए । 

 


प्रदर्शनीमा विज्ञान–प्रविधि–वातावरण, गीत–संगीत, समाज–विज्ञान र कला संस्कृति गरी ४ फरक फरक बिधाका स्टल राखिएका छन् । रौतामाईलगायत जिल्लका ८ वटै स्थानीयतह तथा छिमेकी जिल्लाहरु सिराहा, सप्तरी, धनुषा र महोत्तरीसम्मका विद्यालयका छात्रछात्राहरु प्रदर्शनीमा सहभागी भएका छन् । एउटै विद्यालयले ३÷४ किसिमका स्टलसम्म राखेको प्रअ मगरले बताए । 


प्रदर्शनीमा राखिएका कला, कौशक्षमताको मूल्यांकन गर्दै उत्कृष्ट हुनेलाई पुरस्कार दिने कार्यक्रम रहेको छ । जसका लागि त्रियुगा जनता बहुमुखी क्याम्पसका उपप्राध्यापक टीका पौडेल, संगीतकर्मी तथा गायक शैलेन्द्र खतिवडा, उदयपुर सिमेन्ट उद्योग लिमिटेडका इन्जिनियर कोविड काफ्ले, रौतामाई गाउँपालिकाका इन्जिनयर सन्तोष साह तथा रौतामाईकै स्थानीय शिक्षा प्रमुख गोबिन्द कार्की सम्मिलित निर्णायम समिति गठन गरिएको छ । 


बिभिन्न ५३ विद्यालयको सहभागिता रहेको प्रदर्शनीको मूल्यांकन नतिजा अनुसार उत्कृष्ट स्थान पाउने प्रत्येक विधालाइ १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने विालयका शिक्षक तथा प्रदर्शनी अयाोजक संयोजक सन्तोष यादवले बताए । 

 

उनका अनुसार छात्रछात्रामा बाल्यबस्थादेखि नै बिभिन्न प्रतिभा लुकेको हुने भ एपनि त्यस्ता प्रतिभालाई प्रष्फुटन गराउन नसक्दा त्यत्तिकै बिलाएर जाने भएकाले जोगाउँदै बढाउँदै लान यस्तो प्रदर्शनी आयोजना गरिएको हो । उनीहरुको कला र क्षमताको विकास गर्न सकेमा भविष्यमा वैज्ञानिक र असल तथा सक्षम नागरिक भएर देश र जनताको सेवा गर्ने उनको बुझाई ृछ । 

 


प्रदर्शनीको बुधबार विहान आयोजित एक कार्यक्रमका बीच रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले रक्तदान गर्दै उद्घाटन गरे । सो क्रममा प्रदर्शनीको अवलोकन गर्दै अध्यक्ष मगरले छात्रछात्रा हुने क्षमता, प्रतिभा र कलाकौशल बाल्यकालदेखि नै पत्ता लगाउँन सके त्यसलाई फलाई फुलाई भविष्यमा सक्षम जनशक्ति निर्माण गर्न सकिने बताए । उनले विद्यालयले स्थापना दिवसको अवसरमा यस्तो राम्रो कार्यक्रम गर्ने मुर्कुची मावि जिल्लाकै पहिलो भएको बताए । 


रौतामाई गाउँपालिकाका विद्यालयमध्ये यो स्कुल अगुवा शिक्षण संस्था भएकैले नमूना मावि घोषणा गरेर थप सुधार गर्ने काम भईरहेको भन्दै अध्यक्ष मगरले गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको रुपमा जिल्ला र प्रदेशमै उत्कृष्ट हुनेगरी अघि बढ्न आग्रह गरे । त्यसका लागि आफुबाट हुनसक्ने सबैखाले सहयोग गर्ने प्रतिबद्धता पनि अध्यक्ष मगरले जनाए । 

 

 


०७८ सालमा नमूना घोषित भएको नमूना मावि मुर्कुची ६० वर्षअघि स्थापना भएको वडाध्यक्ष मनोज रानामगरले बताए । उनका अनुसार पहिलादेखि गुणस्तरीय पठनपाठन गराउँदै आएकाले नमूना घोषणा भएपछि करोडौँ मूल्यको सुविधासम्पन्न अत्याधुनिक भवन र अन्य पूर्वाधार संरचनाहरु निर्माणाधीन छन् । हाल शिशुदेखि कक्षा ५ सम्म अंग्रेिज र नेपाली माध्यममा पढाई भईरहेको विद्यालयमा कक्षा ८ देखि १२ सम्म प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ विषयमा पनि पठनपाठन भईरहेको छ ।