अखिल शिक्षक संगठन अध्यक्षमा राई सर्वसम्मत

२0७९ फाल्गुन ६ शनिबार
अखिल शिक्षक संगठन  अध्यक्षमा राई सर्वसम्मत

उदयपुर, फागुन ६

एकीकृत अखिल नेपाल शिक्षक संगठन (एन्टो) उदयपुरको अध्यक्षमा देवीबहादुर राई निर्वाचित भएका छन् । शनिबार सदरमुकाममा सम्पन्न पाँचौ जिल्ला अधिवेशनको बन्दसत्रले शनिबार साँझै निर्बिरोध समिति गठन गरेको हो । 


उदयपुरगढी गाउँपालिका ५ नेपालटारस्थित नमूना मावि (१–१२) का प्रधानाध्यापक रहेका राई नेतृत्वको २३ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा माधवबहादुर राउत (रौतामाई), सचिव लालबहादुर तामाङ ‘मिलन’ (ताप्ली) र कोषाध्यक्ष बालकृष्ण काफ्ले (कटारी) चयन भएका छन् । 


सदस्यमा अगमसेर राई, कृष्णकुमार श्रेष्ठ, मीनबहादुर मगर, कुविर रखाल, शेरबहादुर आले, मोहन समाल, कृष्णकुमारी पोखरेल र देमाकुमारी मगर रहेका छन् । त्यसैगरी अन्य सदस्यमा यसबहादुर राई, शेरजङ ठकुरी, युवराज बिक, खड्गसिंह राई, रामबहादुर केप्छाकी, सिंहबहादुर भुजेल, लिलाकुमारी पाख्रिन, भिम राई, चन्द्रकुमार राई, युवराज खत्री र तिलाकुमारी राईलाई पनि सदस्यमा चयन गरिएको बन्दशत्र निर्वाचन समितिले जनाएको छ । शनिबार विहान सुरु भएको शिक्षक संगठनको अधिवेशनको उद्घाटन नेकपा (माओबादी केन्द्र) का केन्द्रीय सदस्य तथा निवर्तमान संघीय सांसद सुरेशकुमार राई (हिमाल)ले गरेका थिए । 


उद्घाटनको क्रममा प्रमुख अतिथि राईले देशमा सक्षम शैक्षिक जनशक्ति उत्पादन गर्दै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षकहरु संगठित भएर अग्रसर हुनुपर्ने बताए । शिक्षक भनेको समाजको सुरुवाती मार्गदर्शक भएकाले समाजको मात्र नभएर देशकै महत्वपूर्ण अंग भएको भन्दै नेता राईले शिक्षकहरुको सामान्य कमजोरीले पनि मुलुकको भविष्य अन्धकारतर्पm जाने हुनाले सचेत हुन आवश्यक रहेको बताए ।