१
२0७९ फाल्गुन ४ बिहीबारउदयपुर, फागुन ४
बिनाधितो ऋण दिने प्रलोभनमा महिलाको चरम आर्थिक शोषण गर्दै आएका लघुबित्त विकास बैंकहरुबिरुद्ध उदयपुरमा आन्दोलन चर्कदै गएको छ । गाउँगाउँ र टोलटोलमा महिला समूह गठन गर्दै आफु रातारात कडोडपति हुने र जनतालाई टाट पल्टाएर आत्महत्याको बाटो रोज्न बाध्य बनाएको भन्दै यस्ता लघुबित्तहरुलाई सबै मिलेर खद्नुपर्ने महिलाहरुको माग छ ।
समूहको नाममा बिनाधितो ऋण दिएर बिभिन्न किसिमको बचत गराउने नाममा लघुबित्तहरुले रकम लुटेर कंगाल बनाउने गरेको भन्दै उनीहरुले लघुबित्तबिरुद्ध निर्णायक आन्दोलमा लागेको बताएका छन् । बिहीबार गाईघाटमा आयोजित लघुबित्तबिरुद्ध संघर्ष समितिको बिरोधसभामा बिभिन्न पीडित महिलाहरुले लघुबित्तहरुले गरिव दुःखीले बचत राखेको रबम फिर्ता गर्न माग गरे ।
गाईघाटस्थित लोकतान्त्रिक चोकमा आयोजित बिरोधसभामा पीडित महिलाहरुले जनता मारा ठग लघुबित्तहरुलाई तत्काल लखेटन् माग गर्दै अन्यथा आगो लगाएर खेद्न बाध्य हुने बताए । जनता चुसेर आफ किर्ना झैँ मोटाउने तर, जनखतालाई कंगाल बनाएर आत्महत्या गर्न बाध्य बनाउने लघुबित्तहरुलाई तत्काल खारेज गर्न सरकारसँग माग गरे ।
सुरुमा खाली खु्टुटा डिड्दै आउने लघुबित्तका प्रतिनिधिहरु सोझासाझा महिलालाई प्रलोभनमा पारेर बिभिन्न शीर्षकमा बचत गराउने र जुकाजस्तो ढाडिने तर, जनता चुसेर मरिचजस्तो चाउरी पार्ने गरेकाले यिनीहरुलाई धपाउनुको बिकल्प नरहेको बताएका थिए । समूहमार्फत ऋण दिएर बिभिन्न १५ प्रकारसम्म बचत गराउने तर, साँवा रकम चाहि नगन्य रुपमा लिएर ऋणबाट कहिल्यै उक्सन नसक्ने बनाउने गरेको उनीहरुको भनाई थियो ।
यस्तो खालको ऋणले गर्दा महिलाहरु केही वर्षमै उठ्नै नसक्ने अवस्थामा पुगेर अन्त्यमा आत्महत्या गर्न बाध्य हुदै आएको भन्दै पीडितहरुले यस्ता लघुबित्तहरु तत्काल खारेज गर्न पनि सरकारसँग माग गरेका छन् । भन्दा १५ प्रतिशत व्याज भन्ने गरे पनि व्यवहारमा बिभिन्न बचत र सेवा शूल्कसमेत गरी मासिक २५ प्रतिशतभन्दा बढी पर्न आउने अवैज्ञानिक र अव्यवहारिक आर्थिक नियम लघुबित्तको रहेको गुनासो उनीहरुले गरे ।
लघुबित्त सञ्चालहरु नेता, सांसद र मन्त्रीहरु नै भएकाले यत्रो लुटतन्त्र चलिरहदा पनि सरकार मुकदर्शक भएर बसेको गुनासो पीडितहरुको छ । लघुबित्त सञ्चालक र मालिक नेताहरु नै भएकाले सर्वसाधारण पीडितहरुको मागको संबोधन नभएको भन्दै १ नं. प्रदेश सांसद योगेन्द्र मण्डलबाट यो कुरा पुष्टि भएको उनीहरुले बताए ।
पीडितहरुका अनुसार लघुबित्त बिरुद्ध गठित संघर्ष समितिले आफ्ना जायज माग राख्न सांसद मण्डसँग जाँदा बेवास्ता गरेपछि सोधपुछ गर्दै जाँदा उनी ‘जीवन विकास लघुबित्त विकास बैंक’को सञ्चालक रहेको रहस्य खुलेको हो । ‘सांसद मण्डललाई भेटेर हामीले आफ्ना माग पुरा गर्न भन्यौँ संघर्ष समितिकी सदस्य महिलाले भनिन् ‘हाम्रो कुरा सुन्नै मान्नुभएन, कुरा गर्दै जाँदा उहाँ त जीवन विकास लघुबित्तका सञ्चालक पो रहेछन् ।’
जनता कंगाल बनाउने र व्यक्ति जुका ढाडिएझै ढाडिने प्रणालीको लघुबित्त च्याउसरी खोल्न अनुमति दिने नेपाल राष्ट्र बैंकले तत्काल यसबारे निगरानी गर्दै सर्वसधारणको बचत फिर्ता गर्न उनीहरुले माग गरेका छन् । गरिव दुःखीहरुले दिनहुँ आत्महत्या गर्नु पर्ने कारक बन्दै आएका लघुबित्तहरुको खारेज र सर्वसधारणको रकम फिर्ता नभए आगो लगाएर खेद्नुपर्ने दिन आउने चुनौति पनि उनीहरुले दिएका छन् ।