राउत नेतृत्वमा राष्ट्रिय कर्मचारी संगठन निजामति

२0७९ माघ २९ आईतवार
राउत नेतृत्वमा राष्ट्रिय कर्मचारी संगठन निजामति

उदयपुर, माघ २९

नेकपा (माओबादी केन्द्र) निकट कर्मचारीहरुको संस्था ‘नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति उदयपुर’को पाँचौ जिल्ला अधिवेशनले अध्यक्षमा रीतकुमार राउतलाई चयन गरेको छ । शनिबार अवेर सम्पन्न अधिवेशनको बन्दसत्रले राउतको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको हो । 


नवगठित समितिमा १ महिलासहित ३ उपाध्यक्ष रहेका छन् । जसमा क्रमशः तिलक नेपाली, बिबेक आचार्य र ज्योति राई छन् । सचिवमा लक्ष्मण दनुवार, सहसचिव चुडामणि थापा र कोषाध्यक्ष पारश फुयाल छानिएको निर्वाचन समिति सदस्य ताराकिरण राईले बताए । 


सदस्यमा हिमाल दनुवार, ज्ञानेन्द्र राई, विष्णु तामाङ, रेवत कार्की, होमबहादुर मगर, पारु राई, पार्बता घिमिरे, सन्दीप राई, परमानन्द्र राजधामी, लोकबहादुर राई, सञ्जु राई, ममता ठकुरी, सुरज राई र मानबहादुर श्रेष्ठ छानिएका छन् । त्यस्तै, सरोज राई, ढकप्रसाद चौधरी, कोपिला मगर, तनु राई, कुन्ता थापामगर, सुशीला राई देवपुजन यादव, सम्राट बुढाथोकी, अमित साउद र रोशन थापामगर पनि सदस्य चयन भएका छन् । कार्यसमितिले थप २ जना सदस्य बैठकबाट मनोनित गर्ने वैधानिक प्रावधान रहेको छ । 


बन्द सत्रले केन्द्रीय प्रतिनिधिमा नेत्रराज भण्डारी र रमेश राईलाई चयन गरेको छ भने ३ जना प्रदेश प्रतिनिधिमा ताराकिरण राई, कृषण् घिमिरे र नमिता निरौला तामाङलाई छानेको छ । कार्यसमिति बैठकले थप ४ जना प्रदेश प्रतिनिधि चयन गर्ने पनि निर्वाचन समितिले जनाएको छ । 


नवगठित समितिलाई निर्वाचन समिति संयोजक तथा राष्ट्रिय कर्मचारी महासंघ, प्रदेश इन्चार्ज नरमाया भट्टराई (गरिमा) ले आईतबार विहान सपथ खुवाएकी छन् । कार्यक्रममा सर्लाही सरुवा भएर गएका निवर्तमान अध्यक्ष हरिबहादुर श्रेष्ठले संगठनलाई पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सधन्यबाद बिदाई गरेको नवनिर्वाचित अध्यक्ष राउतले बताए । 


अध्यक्ष राउतले कर्मचारी संगठनलाई सशक्त र प्रभावकारी संगठनको रुपमा विकास गर्दै जनमैत्री सेवामा समर्पित हुने बताए । उनले आफु नेतृत्वको संगठनले पेशागत मर्यादा कायम राख्दै व्यवसायिक हकहितमा केन्द्रित भएर अघि बढाउने प्रतिबद्धता पनि जनाएका छन् ।