पत्रकार कोईराला पुरस्कृत 

२0७९ माघ २२ आईतवार
पत्रकार कोईराला पुरस्कृत 

उदयपुर, माघ २२ 

उदयपुरका पत्रकार तुलसीप्रसाद कोईराला प्रेस चौतारी नेपालबाट पुरस्कृत भएका छन् । प्रेस चौतारीले आईतबार स्थापना गरेको ‘बैकुण्ठ–उषा पत्रकारिता पुरस्कार’बाट  कोईराला पुरस्कृत भएका हुन् । 


२५ औँ स्थापना दिवसको अवसर पारेर चौतारीका लागि कानुन व्यवसायी बैकुण्ठ दाहाल दम्पतिले १ लाख ५१ रुपैँया राशीको पत्रकारिता पुरस्कार स्थापना गरिदिएको हो । जसमध्ये १० हजार नगदले कोईराला पुरस्कृत भएका हुन् । 


आईतबार विहान गाईघाटस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमत्री मञ्जुकुमारी चौधरीले पत्रकार कोईरालालाई पुरस्कार प्रदान  गरिन् । चौतारीका अध्यक्ष अध्यक्ष पुरुषोतम सापकोटाका अनुसार दाताले दिएको १ लाख ५१ रुपैँयामध्ये १० हजार पुरस्कार बितरण गरेर बाँकी रकम अक्षयकोषको रुपमा संस्थाको बैंक खातामा जम्मा गरिएको छ । 


स्थानीय उदयपुर सिम्रीक दैनिकका संपादक रहेका कोईराला नेपाल टेलिभिजनको जिल्ला संबाददातासमेत हुन् । चौतारीले उक्त कोषको मुल धन नमासी व्याजबाट वर्षेनी जिल्लामा क्रियासिल पत्रकारलाई पुरस्कृत गर्दै लगिने चौतारीका सचिव राकेश नेपालीले बताए ।