त्रियुगा १० को वडाध्यक्ष गोल्डकपको उपाधि फ्युजन क्लबलाई 

२0७९ माघ २१ शनिबार
त्रियुगा १० को वडाध्यक्ष गोल्डकपको उपाधि फ्युजन क्लबलाई 

बोक्से, माघ २१

त्रियुगा नगरपालिका १० को आयोजनामा भएको ‘प्रथम वडाध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता ०७९’ को उपाधि फ्युजन क्लब बोक्सेले चुमेको छ । वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगिताको शनिबारको पाईनल खेलमा गाईघाट फुटबल क्लबलाई ५–३ गोलले पराजित गर्दै फ्युजनले उपाधि चुमेको हो।


निर्धारित ६० मिनेटको खेल १–१ गोल बराबरीमा टुङ्गिएपछि टाईव्रेकरमा नतिजा निकालिएको हो । सुरुदेखि निकै प्रतिस्पर्धात्मक र रोचक देखिएको खेल मध्यान्तरअघि दुवैतर्फबाट गोल हुन नसकेर मध्यान्तरपछि मात्र १–१ गोल भएको थियो । 


खेलको अन्तिम समय ५४ मिनटमा फ्युजनका खेलाडी सुनिल खड्काले पहिलो. गोल गरेर समूहलाई अघि बढाए पनि निर्धारित समय सकिएपछि थप भएको ३ मिनटको अतिरिक्त समयलाई सदुपयोग गर्दै गाईघाटका प्रविण राईले जवाफी गोल फर्काएर खेललाई बराबरी बनाएका थिए । 


विजेता फ्युजनाई १ लाख नगदसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ भने उपविजेता गाईघाटले ५० हजार नगद, सिल्ड रप्रमाणपत्र पाएको छ । विजेता तथा उपविजेताहरुलाई त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई र वडाध्यक्ष किरण पाण्डेलगायतले पुरस्कार, ट्रफि र प्रमाणपत्र प्रदान गरे। 


माघ १४ गते उद्घाटन भएको प्रतियोगितामा सिरहा, सप्तरी, सुनसरी र उदयपुरका ८ समूहले भाग लिएका थिए । तर, उपाधिदेखि विधागत पुरस्कारसम्म घरेलु टिम फ्युजनले वर्चश्व कायम गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र वेष्ट गोलकिपरको पुरस्कार  प्रमिज्य गच्छदारदेखि म्यान अफ द म्याच सुदिप श्रेष्ठ हुँदै बेष्ट डिफेन्स टिप्सन राई, बेष्ट कोच हेम राई र उदीयमान खेलाडी सैसन राई फ्यजनकै खेलाडी हुन्। 


बेष्ट मिडफिल्डरको पुरस्कार भने गाईघाटका अन्जन हमालले पाएको आयोजक वडा खेलकुद विकास समितिका सदस्य रुपेश मगरले बताए। उदयपुरका वडाहरूले अहिलेसम्म आयोजना गरेको गोल्डकप फुटबलमधये सबभन्दा ठुलो पुरस्कार राशीको भएको वडा्ध्यक्ष पाण्डेले बताए । 


आगामी दिनमा पनि पुरस्कारको राशी बढाउँदै नियमित प्रतियोगिता गर्दै जाने वाचा वडाध्यक्ष पाण्डेले गरेका छन्।