नेपाल रेडक्रस उदयपुरमा पुनः बस्नेत

२0७९ माघ १४ शनिबार
नेपाल रेडक्रस उदयपुरमा पुनः बस्नेत

उदयपुर, माघ १४

नेपाल रेडक्रस सोसाईटी उदयपुर शाखाको अध्यक्षमा विनोदकुमार बस्नेत पुनः अध्यक्ष भएका छन् । शनिबार जिल्लाको बेलका नगरपालिका ८ रामपुरमा आयोजित कार्यक्रममा बस्नेतको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति निर्बिरोध निर्वाचित भएको हो । 
    

समितिको महिला उपाध्यक्षमा चौदण्डीगढी नगरपालिका ४ बसाहाकी सम्झना राई र कटारी नगरपालिकाका ३ का हरिबहादुर कार्की छानिएका छन् । मन्त्री (सचिव) मा त्रियुगा नगरपालिका १० का सुभाषकुमार श्रेष्ठ, उपमन्त्री त्रियुगा ४ का लक्ष्मीप्रसाद कट्टेल चयन हुँदा कोषाध्यक्ष र उपकोषाध्यक्षमा क्रमशः त्रियुगा ७ का राजेश कार्की र कटारी ३ का प्रतापसिंह राई छानिएका छन् । 


७ जना खुल्ला सदस्यमा क्रमशः कटारी ४ का संजिव थापा, चौदण्डीगढी ९ का चन्द्रलाल गिरी, कटारी १० का प्रकाश थापा, त्रियुगा ११ का राजु बस्नेत, कटारी ३ का पुस्कर खड्का, बेलका ९ का ज्ञानेन्द्र खड्का र कटारी १२ का पुस्कर बर्मा रहेका छन् । त्यसैगरी ३ जना महिला सदस्यमा चौदण्डीगढी ७ की कमला सुबेदी, कटारी ३ की शारदा अधिकारी र त्रियुगा १० की सन्तोषीकला तामाङ चयन भएको निर्वाचन अधिकारी उमेश थापाले बताएका छन् । 


शनिबार सम्पन्न नयाँ कार्य समिति चयनका लागि भएको बन्द शत्रमा कुनै पनि पदका लागि दोहोरो व्यक्तिको मनोनयन दर्ता नभएकाले निर्बिरोध समिति गठन भएको अधिकारी थापाले जारी गरेको सूचनामा उल्लेख छ ।