जाडोमा विद्यार्थीलाई कपडा र झोला

२0७९ माघ ६ शुक्रबार
जाडोमा विद्यार्थीलाई कपडा र झोला

उदयपुर, माघ ४

सदरमुकाम गाईघाटनजिकै एउटा सामुदायिक पाठशाला छ, जनता आधारभूत विद्यालय असारी । शिशुदेखि कक्षा ८ सम्म पठनपाठन भईरहेको सो विद्यालयमा अधिकतर विद्यार्थी गरिव दुखी, बिपन्न र न्यून आयस्रोत भएका परिवारका बालबालिका अध्ययन गर्छन् । 


जाडो मौमकको बैंश चडिरहेका बेला बालबालिका कठ्याङ्ग्रिदो अवस्थामा पुगेका छन् । यही मौकामा लाईन्स क्लब अफ गाईघाट र लाईन्स अन्तराष्ट्रिय डिस्ट्रीक्ट २५ का गभर्नर शिवकुमार कटुवालले त्यहाँ अध्यनरत बालबालिकालाई किताब बोक्ने झोला (व्याग) र उनीको न्यानो टोपी बितरण गरेका हुन् । 


कटुवाल सो विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत हुन् । बुधबार विद्यालयमै आयोजित एक कार्यक्रमका कटुवाल, वडा सदस्य गोमा सेन ठकुरी, पूर्व विव्यस अध्यक्ष शिव रेग्मी, लाईन्स क्लब गाईघाटका पदाधिकारीलगायतले बालबालिकालाई व्याग, टोपी प्रदान गरे । 


कार्यक्रममा कक्षा १ देखि ८ सम्मका ६५ जना लक्षित बर्गका बालबालिकालाई व्याग र उनको न्यानो टोपी बितरण गरिएको प्रधानाध्यापक (प्रअ) केशव घिमिरेले बताए । घिमिरेका अनुसार विद्यालय सेवाक्षेत्रभित्रका ५० घर परिवार अति बिपन्नलाई न्यानो कम्मल पनि कटुवाललगायतले बितरण गरेका छन् । 


त्यसैगरी कार्यक्रममा केही वर्षअघि मोटरसाईकल दुर्घटनामा परी खुट्टा भाँचिएर अपाङ्गता हुन पुगेका असारीकै कुलबहादुर थापालाई लाईन्स क्लबकै तर्फबाट ह्वील चेयर बितरण गरिएको छ । सो विद्यालयमा निम्न आर्थिक अवस्था भएका परिवारका १ सय ७३ जना बालबालिका पठनपाठन गर्दै आएको प्रअ घिमिरेले बताएका छन् ।