यले दोङ ५०८३ लाई स्वागत गर्दै दिप प्रज्वलन

२0७९ पुष ३0 शनिबार
यले दोङ ५०८३ लाई स्वागत गर्दै दिप प्रज्वलन

गाईघाट, पुस ३०

किरात संबत (येले दोङ) ५०८३ सुरु भएको अवसरमा उदयपुृरमा दिप प्रज्वलन गरिएको छ । हरेक माघ १ गतेदेखि सुरु हुने नयाँ संबत येले दोङको स्वागत गर्दै किरात राई यायोक्खा जिल्ला कार्य समिति उदयपु्रले सदरमुकाम गाईघाटमा शनिबार साँझ दिप प्रज्वलन गरेको हो । 


१ नं. प्रदेशलाई 'किरात प्रदेश' नामाकरण गर्न जोडदार माग गर्दै अभियान सञ्चालन गरिरहेको यायोक्खाले नयाँ किरात संबत ५०८३ मनाउने क्रममा पनि सो माग दोहोर्याएको छ । यायोक्खा उदयपुरकी अध्यक्ष गंगा राईले १ नं. प्रदेशको नाम किरात प्रदेश राख्नुपर्ने माग गर्दै अभियान चलाईरहेको निरन्तरता स्वरुप दिप प्रज्वलन गर्दै नयाँ संबतलाई स्वागत गरेको बताईन् । 


प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने माग बमोजिम बिगत ३ वर्षदेखि अभियान चलाउदै आएको यायोक्खाले भर्खरे सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको चुनावपछि बनेको प्रदेश सरकारले माग पुरा गर्ने विश्वास लिएको पनि अध्यक्ष राईले बताईन् । 


‘किरात राई यायोक्खा केन्द्रदेखि वडा समितिसम्म पहिचानसहितको किरात प्रदेश नामाकरण गर्नुपर्ने माग गर्दै अभियान चलाईरहेको छ’ अध्यक्ष राईले भनिन् ‘यसअघिको प्रदेशसभाले नामै तोक्न सकेन, तर, अवको सरकारले पहिचानसहितको नाम किरात प्रदेश राखोस् भन्ने मागसहित हामीले नयाँ येले दोङ ५०८३ लाई स्वागत गरेका छौँ ।’


यायोक्खाले नवगठित १ नं. प्रदेश सरकारमा मुख्यमन्त्री हिक्मत कार्कीं र सभामुख बाबुराम गौतमले किराती पहिचानलाई स्वीकार्दै प्रदेशको नाम किरात राख्न आग्रह गरिन् । उनले नव निर्वाचित उदयपृुरकी चेली सिर्जना दनुवारलाई प्रदेशसभामा उपसभामुख निर्वाचित भएकोमा बधाई तथा कार्य सफलताको शुभकामना पनि दिदै पहिचानको कदर गर्दै संघीयतालाई बलियो बनाउन सक्दो सहयोगको अपेक्षा गरेको बताईन् ।