उदयपुरे चेली प्रदेश १ उपसभामुख  

२0७९ पुष ३0 शनिबार
उदयपुरे चेली प्रदेश १ उपसभामुख  

गाईघाट, पुस ३० 

उदयपुरबाट प्रतिनिधित्व गरेकी सिर्जना दनुवार १ नं. प्रदेशसभामा उपसभामुख चयन भएकी छिन् । सोमबार उपसभामुखका लागि भएको चुनावमा ५७ मत ल्याउँदै  दनुवार उपसभामुख निर्वाचित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । 


गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फ सांसद चयन भएकी दनुवारले नेपाली काँग्रेसकी लिलाकुमारी राईलाई पराजित गरेर उपसभामुख पाएकी हुन् । काँग्रेस र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनबाट उठेकी राईलाई ३३ मत प्राप्त भएको छ । निर्वाचित दनुवार र पराजित राई दुवै उदयपुरकै हुन् । दनुवार त्रियुगा नगरपालिका ९ र राई त्रियुगा नगरपालिका ११ का स्थायी बासिन्दा हुन् । दुवै जना समानुपातिकतर्फ सांसद भएका हुन्।


प्रत्यक्षतर्फ ५८ र समानुपातिक ३७ गरी ९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धनमा एमाले ४०, माओवादी १३, राप्रपा ६ र जसपाको १ सीट छ । बिपक्षीतर्फ काँग्रेस २९, एकीकृत समाजवादी ४ रहेका छन्।

 

उदयपुृरबाट समानुपातिकतर्फ दनुवार, राईसँगै सम्झना पाख्रिन (योद्धा) र गीता रेग्मी पनि सांसद छन् । योद्धा माओबादी र रेग्मी एमालेबाट सांसद भएका हुन् ।