शान्तिधामको अध्यक्षमा पुनः पण्डित खतिवडा

२0७९ पुष २२ शुक्रबार
शान्तिधामको अध्यक्षमा पुनः पण्डित खतिवडा

उदयपुर, मंसिर २२

गाईघाटस्थित ‘त्रियृुगा शान्ति धाम’को अध्यक्षमा पण्डित गिरीराज खतिवडा चयन भएका छन् । शुक्रबार सम्पन्न चौथो साधारणभाले यसअघिकै अध्यक्ष खतिवडालाई नयाँ कार्यकालका लागि पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । 


शान्तिधामस्थलमै सम्पन्न साधारणसभाको बन्दशत्रले उपाध्यक्षमा बद्रीकुमार बस्नेत र अनिता आचार्यलाई छनौट गरेको छ भने सचिव र सहसचिवमा क्रमशः भुवन पराजुली र फिरण खड्कालाई चयन गरेको छ । २१ सदस्यीय समितिक्ँे कोषाध्यक्षमा रीता आचार्य चयन भएकी  छिन् ।


सदस्यहरुमा बंशबहादुर कार्की, फुलकुमारी चँैधरी, विश्वनाथ साह, कालीदास पोखरेल, राकेश खत्री र भोला भण्डारी चयन भएका छन् । त्यसैगरी अन्य सदस्यमा हिरालाल ठाकुर, ललित साह, लक्ष्मी राउत, देवेन्द्र पोखरेल र विनोद पोखरेल छानिएका छन् । पुष्पराज सिग्देलको संयोजककत्वमा ५ सदस्यीय लेखा समिति पनि साधारणसभाबाटै गठन भएको छ । 


शान्तिधाम समितिका सल्लाहकार जागेश्वरप्रसाद साहले कार्यसमितिको बैठकले थप ४ जना सदस्य छान्ने अधिकार विधानमा व्यवस्था रहेको बताए । विधानतः अध्यक्षले बिभिन्न क्षेत्र, बर्ग, लिङ्ग, पेशा र व्यवसायसँग सम्बन्धित क्षेत्रबाट सल्लाहकार सदस्य चयन गर्ने व्यवस्था सहायक डिभिजन वन अधिकृतसमेत रहेका साहले बताए ।