‘अनुप स्मृति आमन्त्रित गोल्डकप’  पाहुना टिम पन्छाउँदै नेर्पा र डिएफसी फाईनलमा 

२0७९ पुष २१ बिहीबार
‘अनुप स्मृति आमन्त्रित गोल्डकप’  पाहुना टिम पन्छाउँदै नेर्पा र डिएफसी फाईनलमा 

दिक्तेल, मंसिर २१

५ दिनयता सदरमुकाम दिक्तेलमा भइरहेको ‘अनुप स्मृति आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता २०७९’मा घरेलु टिमहरु हावी भएका छन् । बिहीबार सम्पन्न सेमिफाईनल खेलमा पाहुना टिमहरु चियाबारी इलामा र मानेभन्ज्याङ ओखलढुंंगालाई पन्छाउँदै खोटाङका नेर्पा स्पोर्टस् क्बल र दिक्तेल फुटबल क्लब (डिएफसी) फाईनलमा पुगेका छन् । 


दिक्तेलको माटीखोरे खेल मैदानमा भईरहेको प्रतियोगितामा नेर्पा चियाबारीबिरुद्ध २–६ गोल अन्तरले फाईनल पुगेको हो भने डिएफसी टाईब्रेकरमा ६–५ को अन्तरले ओखलढुंगालाई हराउन सफल भएको हो । नेर्पाका साईमन लिम्बु, बिक्की राई, बिजु भुजेल र सुदिप श्रेष्ठले गोल गरेका थिए । 


खेल सुरु भएको आठौँ मिनटमै नेर्पाका साईमनले गोल गरेर टिमलाई अघि बढाए भने २० औं मिनटमा सुदिपले अर्को गोल गरे । बिक्कीले २६ र साईमनले अर्को गोल ३९ औँ मिनटमा गरे । यान्तरपछि बिजुले पाँचौ मिनटमा र बिक्कीले अर्को गोल २६ औँ मिनटमा गर्दै टिमलाई फाईनल पु¥याएका हुन् । 


बिपक्षी चियाबारीका खेलाडी सञ्जय रम्तेलले मध्यान्तरअघि १४ औँ मिनटमा पहिलो र ३५ औँ मिनटमा अर्को गोल गरे पनि टिमका अन्य खेलाडीबाट गोल हुन सकेन । 

अर्को खेलमा डिएफसीले मानेभन्ज्याङलाई टाईब्रेकरमा ६–५ को फरकले पराजित गर्यो । खेल सुरु भएको १५ औँ मिनटमा डिएफसीका मनिष लिम्बुले १ गोल गरेर टिमलाई अघि बढाएका थिए भने मानेभन्ज्याङका मानकृष्ण राईले १८ औँ मिनटमा जवाफी गोल फर्काए । निर्धारित समयभित्र दुवै टिमले थप गोल गर्न नसक्दा नतिजा निकाल्न टाईब्रेकरको सहारा लिनुपरेको हो । 


पहिलो सेमिफाईनलमा नेर्पाका बिजु भुजेल म्यान अफ द म्याच घोषित भएर जिल्ला प्रहरी कार्यालयका निरीक्षक राजकुमार राईबाट २ हजार ५ सय नगदसहित मेडल र प्रमाणपत्र पाए । त्यस्तै दोस्रो खेलमा डिएफसीका टेकेन राई म्यान अफ द म्याच उापधिसहित पूर्व खेलाडी चन्द्र श्रेष्ठबाट पुरस्कृत भए । 


मूल आयोजक समिति सहसंयोजक सगुन ताम्राकारका अनुृसार नर्सरीका विद्यार्थी अनुप राईको ०६८ मा सवारी दुर्घंटनाबाट निधन भएको स्मृतिमा  माउण्ट एभरेष्ट ईङ्लिश वोर्डिङ स्कुल दिक्तेलले गोल्डकप प्रतियोगिता गराउँदै आएको हो । यसअघि ०७३ र ०७४ का २ संस्करण सञ्चालन भईसकेको प्रतियोगिताको यो तेस्रो संस्करण हो । सुरुदेखि दिक्तेल फुटबल क्लब र खोटाङ फुटबल एकेडेमी (केएफए)को साथमा प्रतियोगिता हुँदै आएको ताम्राकारले बताए । 


प्रतियोगिताको फाईनल खेल आउँदो शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईको प्रमुख आतिथ्यमा सम्पन्न हुने ताम्राकारले बताएका छन् ।  विजेताले २ लाख ५१ हजार नगद, ट्रफि र प्रमाणपत्र, उपविजेताले १ लाख ११ हजार नगद र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगितामा सेमिफाइनलसम्म पुग्ने २ टिमले २५–२५ हजार नगद, कप, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । 


त्यसैगरी बिधागततर्फ म्यान अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्तालाई ७ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र टिम प्रशिक्षक तथा अनुशासित टिम प्रत्येकलाई ५ हजार ५ सय ५५ नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने ताम्राकारले बताएका छन् ।