झापाबाट ३ बालकको उद्धार

२0७९ पुष १७ आईतवार
झापाबाट ३ बालकको उद्धार

उदयपुर, पुस १७

प्रदेश प्रहरीले झापाबाट ३ बालकको सकुशल उद्धार गरेको छ । जिल्लाको बुद्धशान्ति गाउँपालिका ३ बुधबारे बजारबाट बेवारिसे अवस्थामा रहेको ३ जना बालकको प्ररहीले उद्धार गरेको हो । 


आईतबार दिउँसो ३ जना बालकहरु बेवारिसे अवस्थामा भेटिएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटेको टोलीले १३ वर्षीय एञ्जल लिम्बु, ११ वर्षीय सुशील लिम्बु र १० वर्षीय होमन्च मगरलाई उद्धार गरेको हो । प्रदेश प्रहरी कार्यायका अनुसार उनीहरुको ठेगाना खुलिसकेको छैन । 


उद्धार गरिएका बालकहरुलाई स्थानीय जनप्रतिनिधि र पत्रकारहरुको सहयोगमा इटहरीस्थित अस्थायी संरक्षण केन्द्र (भीओसी) मा पठाइएको छ । आफन्त र स्थायी घर टुंगो नलागेसम्म उनीहरुलाई सोही केन्द्रमा राखेर खाना र बासको व्यवस्था गर्ने जिल्ला प्रहरी कार्यायल झापालाई उदृत गर्दै प्रदेश प्रहरी बिराटनगरका सूचना अधिकारी नविनराज राईले बताए ।