त्रियुगा नगरपालिका १६ ले नयाँ भवनबाट काम थाल्यो 

२0७९ पुष १४ बिहीबार
त्रियुगा नगरपालिका १६ ले नयाँ भवनबाट काम थाल्यो 


चिलाउने, मंसिर १४


सदरमुकामको त्रियुगा नगरपालिकाका १६ नं. वडा चिलाउनेले नयाँ भवनबाट काम गर्न थालेको छ । नगरपालिका भए पनि बिकट पहाडी वडा भएकाले विकास निर्माणमा पछि रहेको चिलाउनेमा वडा भवन भर्खर निर्माण भएर सञ्चालनमा आएको हो । 


बिहीबार दिउसो नगरप्रमुख बसन्तकुमार बस्नेतले एक कार्यक्रमका बीच उद्घाटन गरेपछि भवनबाट औपचारिक रुपमा कार्यारम्भ भएको हो । साविक वडा कार्यालय परिसरमै निर्मित भवन जिल्ला समन्वय समितिको १५ लाख र बाँकी नगरपालिकाको बजेटबाट निर्माण भएको वडा सचिव महेश खनालले बताए । 


खनालले ६० लाखको प्राविधिक इस्टीमेट भए पनि ३७ लाखमा ठेकक सकार भएको भवनमा प्राविधिक मूल्याङ्कन अनुसार २९ लाख रुपैँया मात्र भुक्तानी भएको बताए । भवन गलान इन्प्राटेक सर्भेईङ एण्ड इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालिको ठेक्कामा निर्माण सम्पन्न भएको हो । एकतले भवनमा वडाध्यक्ष कार्यकक्ष, सचिव, प्राविधिक, वडा सदस्यहरुका लागि बेग्लाबेग्लै कोठा तथा शौचालयसहित ५ कोठा रहेका छन् । 


भवन बनेपछि जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न तथा सेवाग्राहीलाई सेवा लिन सहज भएको कार्यालयका मुखिया मिलन राईले बताए । यसअघि साविक पुरानो र साँघुरो गाविस भवनमा बसेर काम गर्नु पर्दाका समस्या नयाँ भवन बनेसँगै अन्त्य भएको राईले बताए । 


अव वडा कार्यालयलाई बैठक बस्न सभाकक्ष र कर्मचारी आवासको मात्र अभाव रहेको दलित महिला वडा सदस्य कुन्ता परियारले बताईन् । बैठककक्ष अनिवार्य चाहिने भएकाले सो भवनमा तला थप्नुपर्ने परियारले बताईन् । त्यसका लागि थप बजेट व्यवस्था गर्न उनले नगरपालिकार्लाइ आग्रह गरेकी छिन् । 


भवन उद्घाटन कार्यक्रममा बोल्दै मेयर बस्नेतले नगरपालिका भए पनि त्रियुगाका . १६ लगायत केही वडाहरु भौगोलिक रुपमा बिकट भएकाले विकास निर्माणमा पछि रहेको बताए । उनले त्यस्ता वडाहरुलाई विशेष ध्यान दिएर बजेट बिनियोजन गर्दै अघि बढिरहेको बताए । मेयर बस्नेतले १६ नं. वडाध्यक्ष मानबहादुर राई गतिसिल र सक्षम व्यक्ति भएकाले अन्य वडाको तुलनामा सो वडामा विकास निर्माणका कामहरु  धेरै भएको बताए । उनले वडा प्रशासनिक भवन पनि सबभन्दा पहिले १६ नं. मै बनेको बताए । 


मेयर बस्नेतले आउँदो २ वर्षभित्र सबै वडाहरु भवनयुक्त भईसक्ने बताए । उनले नगरबासीलाई सक्षम, सुखी र आत्मनिर्भर बनाउन आफुलगायत जनप्रतिनिधि र कर्मचारी लागिरहेको भन्दै त्यसका लागि योजनाहरु बनाइएको बताए । उनले कृषि, पशुपालन र स्थानीय उत्पादनमा लाग्न सके समृद्धि टाढा नभएको बताए । १६ नं. वडा सबभन्दा धनी रहेको बताउँदै उनले आगामी ५ सय वर्षसम्म पुग्ने परिमाणको उदयपुृर सिमेन्ट उद्योगको चुनढुंगा खानी सिँधालीमा रहेको र खोलानाला, वनजंगल र वनस्पतिले यो वडा त्रियगाको मात्र नभएर देशभरीकै धनी रहेको बताए । 


सो वडामा कृषि र पशु पालनको प्रसस्त संभावना भएकाले त्यसतर्फ कार्यक्रम गर्न भर्खरै नगरपालिकाले हेफर नेपालसँग साझेदारीमा काम गर्न सम्र्झौता गरेको बताए । वडाको विकास निर्माणका कामहरुको अनुगमन स्थानीय जनता आफैले गर्न आग्रह गर्दै मेयर बस्नेतले आफ्नो गाउँ ठाउँको काम राम्रो बनाउन जनता स्वयं सचेत हुनुपर्ने बताए । उनले ९ लाखभन्दा माथिको बजेटका योजनाको अनुगमन मात्र उपमेयरले गर्ने त्यो भन्दा मुनिको बजेटको कामको अनुगमन वडाबाटै गर्न सुझाए । 


प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले सक्षम जनप्रतिनिधिका कारण १६ नं. वडा अन्यको तुलनामा अगाडि रहेको बताउँदै वडाबासीको समस्या छिटोछरितो र सहज तरिकाले गर्न वडा कर्मचारीलाई निर्देशन दिए । सकेसम्म जनतालाई सहज र सुलभ तरिकाले सेवा प्रवाह गर्ने आफ्नो उदेश्य रहेको भन्दै अधिकृत वनले वडास्तरीय योजनाको सम्झौता र भुक्तानी कानुन र प्रविधिले मिलेसम्म वडाबाटै गर्ने व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।


काँग्रेस पूर्व जिल्ला सचिव मदनराज कटुवालले वडाको विकास गर्न सबैपक्ष मिलेर अघि बढ्नुपर्ने बताए । उनले आफु जन्मेको चिलाउने केही वर्षअघिसम्म बिकट र हिडेर आउनुपर्ने ठाउँ भएकोमा अहिले गाडी चढेर आउन पाउँदा खुसी लागेको बताए । सञ्चार, सडक, विद्युत, खानेपानी सबै सुविधा पुगिसकेको देख्दा आफु अलि अगाडि नै जन्मेजस्तो लागेको कटुवालको भनाई थियो । सक्षम जनप्रतिनिधि भएका कारण विकास निर्माणका कामहरु दु्रतगतिमा भईरहेको भए पनि वडाको थप विकास गर्न आवशयक बजेट र गाउँलेहरुमा एकता आवश्यक रहेकोमा कटुवालले जोड दिए । 


कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य तथा १६ नं. महिला वडा सदस्य गोमा कार्कीले वडा विकासका लागि वडाध्यक्ष र सदस्यहरु सबै लागी पर्दै आएको भन्दै पछिल्लो समय धेरै विकास निर्माणका कामहरु भईरहेको बताईन् । स्वास्थ्य, खानेपानी, सडक, विद्युत, शिक्षा र सञ्चारजस्ता आधारभूत आवश्यक्ताका कुराहरु १६ नं. वडामा प्राय सबै पुरा हुँदै आएको कार्कीको भनाई थियो । 


कार्यक्रमका सभाध्यक्ष वडाध्यक्ष मानबहादुर राईले नयाँ वडा प्रशासनिक भवन बनेपछि अव वडाबासीलाई सहज तरिकाले सेवा प्रवाह गर्न सकिने बताए ।  नगरपालिका भए पनि भौगोलिक कठिनाईले विकास निर्माणमा पछि रहेकाले चुनावमा गरेको वाचार र प्रतिबद्धता अनुसार रातदिन काम गरिरहेको उनले बताए । जनताको आधारभूत आवश्यक्ताका कुराहरु विद्युत, सडक, खानेपानी र सञ्चारका कामहरु गर्ने वाचार गरे अनुसार एकपछि अको गरिरहेको वडाध्यक्ष राईको भनाई थियो । 


वडाका अधिकांश ठाउँमा विद्युत, खानेपानी र सडक पुगिसकेको तर, अव नगरपालिकासँग १२ महिनै आउजाउ गर्न मिल्ने गरी सडक कालोपत्रे बनाउन लाग्नुपर्ने बताए । त्यसका लािग उनले मेयर बस्नेत र अधिकृत वनसँग सक्दो सहयोगको अपेक्षा गरे । खानेपानी, सडक, शिक्षा र प्राथमिक स्वास्थ्य सेवा नभई नहुने भएकाले त्यसको उपभोग सबै वडाबासीलाई गराउने काम भईरहेको राईले बताए । नयाँ भवनमा तला थपेर सभाकक्ष बनाउन उनले आवश्यक बजेटको माग मेयर बस्नेत र अधिकृत वनसँग गरे । 


कार्यक्रमका काँग्रेस वडा सभापति लोकबहादुर राई, माओबादी वडाध्यक्ष उपेन्द्र रखाल, विहानी महिला समूह अध्यक्ष कुमारी राई, विद्यालयका प्रधानाध्यापकहरु, पत्रकार र स्थानीय बुद्धिजीविहरुले बोल्दै १६ नं. वडा वास्तविक नगरपालिकाजस्तो बनाउन सबभन्दा बढी सडक स्तरोन्नतिमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । 

फोटो फिचर