१ नं. प्रदेश मुख्यमन्त्रीमा माओबादीको दावी 

२0७९ पुष १२ मंगलवार
१ नं. प्रदेश मुख्यमन्त्रीमा माओबादीको दावी 

उदयपुृर, मंसिर १२

नेकपा (माओबादी केन्द्र) का पोलिटव्युरो सदस्य तथा १ नं. प्रदेश मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम)ले प्रदेश १ को मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने बताएका छन् । मंगलबार संसदीय दलको नेता चयन भएपछि पाँचथरबाट निर्वाचित आङ्बोले मुख्यमन्त्रीमा पार्टीको दावी रहने बताए । 

 


अघिल्लो दिन सपथ ग्रहण गरेका माओबादी सांसदहरुको मंगलबार बसेको बैठकले आङ्बोलाई संसदस्य दलको नेता चयन गरेका हुन् । ज्येष्ठ प्रदेश सांसद नारायण मगरको अध्यक्षतामा बसेको बैठकले आङ्बोलाई सर्वसम्मत नेता चयन गरेको हो । नेता चयन भएपछि सांसद आङ्बोले आफ्नो पार्टीको प्रदेश १ मा मुख्यमन्त्रीमा दावी रहने बताउँदै त्यसका लागि गठबन्धन दलहरुसँग छलफल गरिने बताए । 

 


१३ सांसद रहेको माओबादीले मुख्यमन्त्रीका लागि गठबन्धन दलहरुसँग छलफल गर्न  पार्टीका प्रदेश इञ्चार्ज राम कार्कीको संयोजकत्वमा समितिसमेत बनाएको जनाएको छ । 

 

यो पनि पढ्नुस्

https://www.majhkharka.com/news/2689