प्रचण्ड ४४ औं प्रधानमन्त्री नियुक्त 

२0७९ पुष ११ सोमबार
प्रचण्ड ४४ औं प्रधानमन्त्री नियुक्त 

उदयपुर, मंसिर ११


नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । एमालेसँगको ७ दलीय गठबन्धनबाट देशको ४४ औं प्रधानमन्त्रीको रुपमा उनले सोमबार दिउसो ४ः०० बजे सपथ ग्रहण गरे । 


यसअघि ०७२ असार र ०६४ भदौमा गरी २ पटक प्रधानमन्त्री भईसकेका प्रचण्ड तेस्रो पटक देशको कार्यकारी प्रमुख भएका हुन् । उनले देश र जनताको नाममा सपथ खाएका छन् । अन्य प्रधानमन्त्रीहरुले इश्वरका नाममा सपथ लिने गरेको भए पनि प्रचण्डले ‘देश र जनताको नाममा सपथ लिन्छु’ भन्दै सपथ खाएका हुन् ।


यसअघि प्रधानमन्त्री हुँदा टाई सुटमा ठाँटिएर सपथ लिएका प्रचण्ड यसपटक भने नेपाली पोशाक दौरा सुरुवालमा सजिएका थिए । ३ उपप्रधानसहित ८ सदस्यीय मन्त्रीमण्डल बनाएका प्रधण्डले प्रधानमन्त्रीसहित १८ वटा मन्त्रालयको जिम्मा आफैसँग राखेका छन् । 


नवगठित मन्त्रीमण्डलमा ३ उपप्रधानमन्त्री हुनेहरुमा एमालेका उपाध्यक्ष विष्णु पौलेल अर्थ, माओबादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेबारी पाएका छन् । एमालेका राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारी तथा जनमत पार्टीका अब्दुल खान विना विभागीय मन्त्री भएका छन् । 


तीनैजना उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि सोमबार साँझ सपथ खाएर कार्यभार सम्हालिसकेका छन् ।