संखुवासभा बन्यो प्रदेश लाखे हिरो 

२0७९ पुष १0 आईतवार
संखुवासभा बन्यो प्रदेश लाखे हिरो 

उदयपुर, पुस १०

उदयपुरमा सम्पन्न प्रदेशस्तरीय लाके नाच प्रतियोगितामा संखुवासभा विजयी भएको छ । ‘दोस्रो उदयपुर खाना परिकार मेला तथा १ नं. प्रदेशस्तरीय प्रतियोगितात्मक लाखे नाच महोत्सव ०७९’ अन्तर्गत शनिबार गाईघाटमा सम्पन्न प्रतियोगितामा अन्य ११ समूहलाई परास्त गर्दै संखुवासभा सिभुवाली लाखे समूह प्रथम हुन सफल भएको हो । 

 


पुस ४ गतेदेखि जारी महोन्सवको छैठौँ दिन शनिबार सम्पन्न प्रतियोगितामा सुनसरीको पासा खलः धरान दोस्रो र मोरङको नेवाः देय् दबुु इन्द्रपुर तेस्रो भएका छन् । नेवाः देय् दबु झुम्का सुनसरी र झिगु नेवाः पुचः बोक्से उदयपुर सात्न्वता स्थान पाएका छन् । 


प्रथम संखुवासभालाई १ लाख १ हजार, दोस्रो धरानलाई ७५ हजार १, तेस्रो स्थान पाउने इन्द्रपुरलाई ५१ हजार १ रुपैँया पुरस्कार प्रदान गरिएको छ । सान्त्वना स्थान ल्याउने झुम्का र बोक्सेलाई ११ हजार १ रुपैँयाका दरले पुरस्कृत गरियो । 


लाखे नाचमा विजेतालाई बितरण गरिएको पुरस्कार भने व्यक्तिगत रुपमा त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेतले प्रथमलाई, कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले दोस्रोलाई र त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले तेस्रोलाई दिने परस्कारको व्यवस्था गरिएको हो । 


सान्त्वना स्थान पाउने २ समूहलाई भने भोजपुरे भाँडा पसलका सञ्चालक तिलकबहादुर श्रेष्ठ र महोत्सव आयोजक समितिको प्रायोजनमा ११ हजार १ रुपैँयाका दरले बितरण गरिएको आयोजक समितिका सचिव गोपाल श्रेष्ठले बताए । 

 

दुईदिन अघिल्लो साँझ मेलामा ‘नेःवा छमछमी सिजन ४’ अन्तर्गत नृत्य प्रतियोगिता पनि सम्पन्न गरिएको पुचःका सचिव गोपाल श्रेष्ठले बताए । आईतबार १० गते रातिसम्म चल्ने मेलामा नेवारी, किराती, दनुवार, मगर, थारु परम्परागत खाना, खाजा र पेय पदार्थका दुई दर्जन स्टल राखेर प्रदर्शनी र बिक्री बितरण भईरहेको छ । 


सुरुका दुईदिन सामान्य सहभागी भए पनि त्यपछि दैनिक ४÷५ हजारको संख्यामाअ आगन्तुक मेलामा सहभागी हुने गरेको आयोजकले जनाएको छ । मेला स्थानीय व्यापार व्यवसायको प्रबद्र्धन गर्ने तथा आन्तरिक पर्यटनको विकास गर्न योगदान पुगोस् भन्ने उदेश्यले आयोजना गरिएको पुचःले जनाउको छ ।