करेन्ट लागेर श्रीमति ठहरै, श्रीमान् घाईते

२0७९ पुष ८ शुक्रबार
करेन्ट लागेर श्रीमति ठहरै, श्रीमान् घाईते

उदयपुर, पुस ८

उदयपुृरमा एक महिलाको करेन्ट लागेर निधन भएको छ भने उनकै श्रीमान् घाईते भएका छन् । आफ्नै बारीमा कोदो टिप्दै गरेकी त्रियुगा नगरपालिका १५ खाँबु ज्यामिटारकी २८ वर्षीया पार्वती विश्वकर्माको करेन्ट लागेर ज्यान गएको हो । 

 


बिहीबार साढे १०ः०० बजे कोदो टिप्ने क्रममा विजुलीको पोलमा छुन पुग्दा करेन्ट लागेर घट्नास्थलमै विश्वकर्माको निधन भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 


प्रदेश प्रहरी प्रवक्त एसपी नविनराज राईका अनुसार करेन्ट लागेर बेहोस् भएकी श्रीमतिलाई बचाउन खोज्दा पार्वतीका श्रीमान् रुपेश विश्वकर्मा पनि घाईते भएका छन् । उनलाई उद्धार गरी उपचारार्थ सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल ल्याइएको छ । 

 


घट्नाबारे सबै कुरा यकिन भईनसकेको प्रहरीले जनाएको छ । यसबारे तथ्य बुझ्न जिल्ला प्रहरी कार्यालय उदयपुरले थप अनुसन्धान गरिरहेको एसपी राईले बताए ।