पालसिंहमा बोलेरो दुर्घटना, सार्कीको निधन ५ घाईते

२0७९ पुष ४ सोमबार
पालसिंहमा बोलेरो दुर्घटना, सार्कीको निधन ५ घाईते

उदयपुर, पुस ४

उदयपुृरको कटारी नगरपालिका १० पालसिंहमा सोमबार विहान बोलेरो जीप दुर्घटना हुँदा एकजनाको निधन भएको छ । ५ जना घाईते भएका छन् । 

 


जिल्लाको ताप्ली गाउँपालिका ५ रुपाटारबाट कटारीतर्फ आउँदै गरेको प्र २–०१–००१ च ००५० नम्बरको बोलेरो आफै अनियन्त्रित भएर दुर्घटना हुँदा ताप्ली गाउँपालिका १ का ६५ वर्षीय मीनबहादुर सार्कीको निधन भएको प्रहरीले जनाएको छ । 


कटारी–ताप्ली खण्डको भित्रि सडकमा विहान ८ः४० बजे दुर्घटना भई सडकदेखि १ सय मटिर तल खस्दा ६ जना घाईते भएकोमध्ये सार्कीको निधन भएको हो । दुर्घटनालगत्तै प्रहरी चौकी बेतिनीबाट गएको टोली र स्थानीयले उद्धार गरी उपचारार्थ कटारी अस्प्पताल पठाइएकोमा उपचारकै क्रममा सार्कीको साढे १०ः०० बजे निधन भएको हो । 

 


दुर्घटनामा परी घाईते हुनेहरुमा सर्लाहीको लालबन्दीका ३० वर्षीय फडिन्द्र श्रेष्ठ, उनकै ७ वर्षीया छोरी भवानी, अर्की २ वर्षीया छोरी भूमिका र ताप्ली ५ रुपटारकी २३ वर्षीया सुमित्रा गिरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

 


 जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश पोदारका अनुसार घाईतेहरु सबैको कटारी अस्पतालमा उपचार भईरहेको छ । उनीहरुको मुख, हात, खुट्टा र शरिरका बिभिन्न भागमा घाउ चोट लागेको छ । सामान्य घाईते ताप्ली ५ रुपाटारका ४५ वर्षीय झगडबहादुर विकको भने मुखमा हल्का चोट लागेको छ । 

 

 

चालक ताप्ली गउाँपालिका ५ खानीडाँडाका ३२ वर्षीय इश्वरनारायण श्रेष्ठलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर अनुसन्धान भईरहेको छ । जीप दुर्घटनास्थलमै रहेको डिएसपी पोदारले बताएका छन् ।