निर्माण व्यवसायी संघमा पुनः आचार्य

२0७९ मंसिर २९ बिहीबार
निर्माण व्यवसायी संघमा पुनः आचार्य

उदयपुर, मंसिर २९

नेपाल निर्माण व्यवसायी संघ उदयपुरको दशौं सधारणसभा तथा आठौँ जिल्ला अधिवेशनले कौशल आचार्यलाई पुनः अध्यक्ष चयन गरेको छ । बुधबार सदरमुकाम गाईघाटमा सुरु भएर बिहीकार सम्पन्न भएको अधिवेशनको बन्द शत्रले आचार्यलाई अर्को कालकायलका लागि अध्यक्षमा चयन गरेको हो । 

 


“पूर्वाधार बिकास राष्ट्र निर्माणको आधार बनौं सर्वपक्ष जिम्मेवार” भन्ने मुल नाराका साथ नवगठित २१ सदस्यीय कार्यसमितिको ३ उपाध्यक्षमा क्रमशः सुनिल कार्की, सुवास भट्टराई र वीरेन्द्र खड्का निर्वाचित भएका छन् । महासचिवमा सुदिप दाहाल, सचिव कुलबहादुर राउत, कोषाध्यक्ष अश्वीन खड्का र सहकोषाध्यक्ष भूवन खड्का छानिएका छन् । 


अधिवेशनले सदस्यमा एकबहादुर कार्की, उद्वव बहादुर खत्री, सीता बस्नेत, मन्दिप राई, बिनोद थापा, एल्वीन बस्नेत, गणेश राई, राकेश खत्री, अनिल खड्का, प्रमोद पोखरेल, सुनिल शाह, हेम दाहाल र अनिल आचार्यलाई छाडेको छ । उनीहरु सबै सर्वसम्मत चयन भएका हुन । 

 


निर्वाचन संयोजक प्रकाश बस्नेतका अनुसार समितिमा अध्यक्ष र सहकोषाध्यक्षबाहेक सबै सर्वसम्मत चयन भएका हुन् । अध्यक्ष र सहकोषाध्यक्षका आकांक्षी २–२ जना भएपछि सर्वसम्मत समिति गठनका लागि पटक पटक छलफल चलाइए पनि संभव नभएपछि चुनावी प्रक्रिया अपनाउनु परेको बस्नेतले बताए । 


सर्वसम्मत गर्ने प्रयास असफल भएपछि लोकतान्त्रिक बिधी अपनाएर चुनावी प्रतिस्पर्धा गराउँदा आचार्य र प्रेम तिम्सीनाबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचन गराउँदा १ सय ३६ मत पाएर आचार्य विजयी भए् भने अर्का प्रत्यासी तिम्सीनालाई ५९ मत परेको बस्नेतले बताए । 

 


त्यसैगरी सहकोषाध्यक्षमा भिडेका तुलबहादुर आलेमगर र भुवन खड्कामध्ये आले ६४ मत पाएर पराजित भए । उता खड्काले १ सय २० मत पाएर सहकोषाध्यक्षमा बाजी मार्न सफल भएको निर्वाचन समितिले जनाएको छ ।