कटारी नगरको सार्वजनिक सुनुवाई बेतिनीमा

२0७९ मंसिर २८ बुधबार
कटारी नगरको सार्वजनिक सुनुवाई बेतिनीमा

उदयपुरको कटारी नगरपालिकाले चालु आर्थिकवर्षको पहिलो चौमाशिकको सार्वजनिक सुनुवाई गर्ने भएको छ । नगरपालिकाको पर्यटकीय क्षेत्र ११ नं. वडाको बेतिनीस्थित वडा सम्पर्क कार्यालयमा बिहीबार सार्वजनिक सुनुवाई कार्यक्रम हुन लागेको हो । 

 


चालु आर्थिकवर्ष सुरु भएयता साउनदेखि कात्तिक मसान्तसम्म नगरपालिकामा भए गरेका आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, कृषि, पशु, स्वास्थ्य र प्रशासनिकलगायत सबै गतिबिधिहरुको जानकारी सार्वजनिक सुनुवाई कार्यक्रममा गराइने प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले बताए । उनका अनुसार प्रथम चौमाशिकको अवधिमा भए गरेका नगरपालिकाका सम्पूर्ण क्रियाकलाप तथा आम्दानी र खर्चको बिबरण पारदर्शी तरिकाले नगरबासीले थाहा पाउन् भने सुनुवाई कार्यक्रम गर्न लागिएको हो । 

 


कार्यक्रममा नगर गतिबिधिहरुको जानकारी गराईसकेपछि सहभागीहरुबाट टिप्पणी गर्नं लगाएर उचित राय सु्झाव संकलन गर्ने काम पनि गरिने किरातीले बताए । कार्यक्रममा प्राप्त सुझाव सल्लाहबाट नगरपालिकाले कमी कमजोरी भए आगामी दिनमा सच्याएर अघि बढ्न सहज हुने अपेक्षा गरेको छ । 


नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले सुशासनको अनुभूति गराउन नियमित सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने योजना रहेको बताए । उनले नगरपालिकालाई गतिसिल तरिकाले अगाडि बढाउँदै व्यवस्थित, चुस्त, दुरुस्त र विकसित बनाउन आफुलगायत नगर जनप्रतिनिधि र कर्मचारी परिवार लागिरहेको बताए । 


अहिलेको प्रमुख आवश्यक्ता सुृशासन भएको र सुशासनका लागि पारदर्शिता अनिवार्य शर्त भएकाले सार्वज्निक सुनुवाई कार्यक्रमलाई महत्व दिइएको मेयर श्रेष्ठले बताए । नगरपालिकाको पर्यटन विकासमा मद्धत पुर्याउने उदेश्यले पर्यटकीय क्षेत्र बेतिनीमा कार्यक्रम राखिएको पनि उनको भनाई छ ।