विद्यु्त सर्ट भएर आगलागी हुँदा साहको घर खरानी

२0७९ मंसिर २६ सोमबार
विद्यु्त सर्ट भएर आगलागी हुँदा साहको घर खरानी

उदयपुृर, मंसिर २६

त्रियुगा नगरपालिका १२ बोटेटोलमा एक घर जलेर खरानी भएको छ । सोमबार दिउसो ३ः०० बजेविद्युत सर्ट भएर लागेको आगोले स्थानीय अनितादेवी साहको घर जलेर नष्ट भएको हो । 

 


आगोले काठ र टायलको छानोले बनेको साहको एकतले घर र घरभित्र रहेका  भाँडाबर्तन, लत्ताकपडा, अन्नपातलगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट ३ लाख बराबरको धनमाल क्षति भएको छ । 


जिल्ला प्रहरी प्रवक्ता डिएसपी राकेश पोदारका अनुसार आगलागीबाट मानवीय र चौपाया क्षेति भने भएको छैन । आगो नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा ३ः४० बजे नियन्त्रणमा लिइएको बताइएको छ ।