उदयपुरबाट समानुपातिकतर्फ प्रदेशसभामा ४ सांसद

२0७९ मंसिर २६ सोमबार
उदयपुरबाट समानुपातिकतर्फ प्रदेशसभामा ४ सांसद

उदयपुर, मंसिर २६    

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चु्नावमा उदयपुरबाट समानुपातिकतर्फ ४ जना महिलालाई सांसद बनाएको छ । जसमा नेकपा (एमाले)बाट २, नेपाली काँग्रेस र नेकपा (माओबादी केन्द्र)बाट १–१ जना सांसद भएका छन् । 

 


एमालेले सृजना दनुवार र गीतादेवी रेग्मीलाई, काँग्रेसले लिलाकुमारी राई र माओबादी केन्द्रले सम्झना तामाङ (योद्धा) लाई समानुपातिक सांसद बनाएको छ ।      प्रदेश १ मा खसेको १८ लाख १३ हजार २ सय ६५ मतमध्ये सबभन्दा बढी ६ लाख ६५ ह जार ४ सय ६० मत पाएको एमालेले समानुपातिकमा १५ सांसद पठाएको छ । दोस्रो ठूलो मत ५ लाख ६२ हजार ९ सय ७६ पाएको काँग्रेसले १२ सांसद पठाएको छ भने चौथो स्थान प्राप्त माओबादीले १ लाख ८१ हजार ४ सय ४५ मत पाएर ४ सांसद समानुपातिकमा पठाएको छ । 

 


०७४ को चुनावमा भने उदयपुरले प्रदेशसभातर्फ ३ र प्रतिनिधिसभातर्फ २ गरी ५ जना समानुपातिकमा पठाएको थियो । एमालेले अम्बिका थापा र सुनिता चौधरीलाई, काँग्रेसले सञ्जाकुमारी दनुवारलाई प्रदेशतर्फ सांसद बनाउँदा काँग्रेसबाटै प्रतिनिधिसभातर्फ प्रमिला राई र लक्ष्मी परियारलाई समानुपातिक सांसद बनाएको थियो । 

 

 


नेकपा माओबादीकी योद्धाले भने प्रदेशतर्फ समानुपातिकमा यस पटक ‘डेब्यु’ गरेकी हुन् । यसअघिका चुनावमा प्रदेशतर्फ माओबादीबाट कोही सांसद परेका थिएनन् । प्रदेशमा पुग्न सकेको थिएन । ०६४ को चुनावमा प्रत्यक्षतर्फ २ सीट जितेको माओबादीले भेषकुमारी राउत (कोपिला)लाई प्रतिनिधिसभातर्फ समानुपातिकमा सांसद बनाएको थियो । 

 


०६४ चुनावमा एमालेबाट दुर्गा परियार, काँग्रेसबाट प्रमिला राई र लक्ष्मी परियारलाई प्रतिनिधिसभातर्फ समानुपातिक सांसद बनाएको थियो ।