यी हुन् काँग्रेसका समानुपातिक सांसद 

२0७९ मंसिर २४ शनिबार
यी हुन् काँग्रेसका समानुपातिक सांसद 

उदयपुर, मंसिर २४

सत्तारुढ गठबन्धनदलमध्ये नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समाुनपातिक सांसद टुंग्याएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावमा संघमा प्रत्यक्षतर्फ ५७ सिट जितेर सबभन्दा ठूलो दल बन्न पुगेको काँग्रेसे समानुपातिकमा ३२ सीत जितेको छ । 

 


समानुपातिकमा पाएको २७ लाख १५ हजार २ सय २५ मतबाट छान्नुपर्ने ३२ सांसदको टुंगो शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य संपादन समितिको बैठकले लगाएको हो । केन्द्रीय समितिबाट पाएको अधिकार अनुसार सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदहरुको टुंगो लगाएर बैठकबाट अनुमोदन गराएका हुन् । 


समानुपातिकमा देउवा पत्नी आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाँड पत्नी मञ्जु खाँड, पार्टी उपसभापति बिमलेन्द्र निधि र प्रवक्ता प्रकाशरण महत पनि सांसद भएका छन् । काँग्रेसले आदिवासी जनजातितर्फ ८, खसआर्यतर्फ १०, मधेसीतर्फ ६,  दलिततर्फ ४, थारु ३ र मुस्लिम १ जनालाई समानुपातिक सांसद बनाएको छ । 

 


आदिवासी  जनजातितर्पm सांसद पर्ने सबै महिला छन् । उनीहरु क्रमशः सरस्वती बजिमय, लिलादेवी बोखिम, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर र मनोरमा सेरचन हुन् । 


त्यसैगरी खसआर्यतर्फ प्रकाशशरण महत, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल र मैना रावल कार्की सांसद भएका छन् । 

 


मधेशीतर्फ नागिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगिता मण्डल, निनुकुमारी कर्ण र विमलेन्द्र निधि छानिदा दलिततर्फ शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक र  जीवन परियारले सांसद हुने मौका पाएका छन् । त्यसैगरी काँग्रेसले थारुतर्फ कल्पना चौधरी र विनाकुमारी थनेत तथा मुस्लिमतर्फ जावेदा खातुन जागालाई सांसद बनाएको छ ।

 

समग्र संख्याको ३३ प्रतिशत महिला हुनुपर्ने प्रावधान अनुसार प्रत्यक्षतर्फ जित्ने सांसदहरु अधिकांश पुरुष भएकाले समानुपातिकतर्फ ३२ मध्ये ३ जनाबाहेक सबै महिला छानिएका छन् ।