समानुपातिकमा कसले कति मत पाए ?

२0७९ मंसिर २१ बुधबार
समानुपातिकमा कसले कति मत पाए ?

उदयपुर, मंसिर २१

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फ सिट बाँडफाँड भएको छ । आयोगले प्रतिनिधि र प्रदेशसभा दुवैतर्फको प्राप्त मत अनुसार समानुपातिक निर्वाचन प्रणालीको सिट संख्या निर्धारण गरेर सार्वजनिक गरेको हो ।


प्रत्यक्षतर्फ संघमा कम्तीमा १ सिट जित्ने दलहरुले समानुपातिकतर्फ ३ प्रतिशत मत पाउनेलाई राष्ट्रिय पार्टीको मान्यता दिदै आयोगले समानुपाति सिट बाँडफाँड गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा २ र ६ तथा सोही ऐनको अनुसूची १ र अनुसूची २ बमोजिम संख्या तोकेको हो । त्यसैगरी प्रदेशतर्फ प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा २ र सोही ऐनको अनुसूची १ बमोजिम राजनीतिक दलहरूबाट प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा निर्वाचित हुने संख्या आयोगले तोकेको जनाएको छ । 


जस अनुसार नेकपा एमालेले सबभन्दा बढी प्रतिनिधिसभामा ३४ सिट र प्रदेशसभा गरी १ सय ४ सिट पाएको छ । उसले प्रदेश १ मा समानुपातिकतर्प १५ सांसद पाउँदा मधेस प्रदेशमा ८, बागमतिमा १४, गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदुर पश्चिममा ७ सिट पाएको छ । 


दोस्रो स्थान नेपाली काँग्रेसले प्रतिनिधसभातर्फ ३२ सिट पाएको छ भने प्रदेश १ मा १२ सिट जितेको छ । त्यसैगरी मधेशमा ९, बागमतिमा १२, गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णांलीमा ५ र सुदुरपश्चिममा ७ सिट हात पारेको छ । 


तेस्रो स्थान पाएको नेकपा माओबादीले प्रतिनिधिसभामा १४ सिट पाएको छ भने प्रदेश १ मा ४ सिट जितेको छ । माओबादीले मधेशमा ४, बागमतिमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ५ र सुदुरपश्चिममा ३ सिट जितेको छ । 


राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश १ मा ४, मधेशमा १, बागमतिमा ६, लुम्बिनीमा २, गण्डकीमा २, कर्णंलीमा १ र सुदुरपश्चिममा १ सिट पाएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फ १३, जनता समाजबादीले प्रतिनिधिसभातर्पm ५ र प्रदेशतर्फ ९ सिट जितेको छ । एकीकृत समाजबादीले प्रदेशतर्फ मात्र ९ सिट, नागरिक उनमुक्ति पार्टीले ५, जनमत पार्टीले प्रतिनिधिसभातर्फ ५ र प्रदेशतर्फ ९ सिट जितेको छ । 


लोकतान्त्रिक समाजबादी पार्टीले प्रदेशतर्फ मात्र ३ सिट, नेपाल संघीय समाजबादीले १ सिट र राष्ट्रिय जनमोर्चाले संघतर्फ मात्र १ सिट जितेका छन् ।