जलजलेमा घर जल्दा ९ लाख क्षति

२0७९ मंसिर २१ बुधबार
जलजलेमा घर जल्दा ९ लाख क्षति

उदयपुर, मंसिर २१

त्रियुगा नगरपालिका ६ जलजलेस्थित एउटा घरमा आगलागी हुँदा ९ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय सम्फामाया बिकको घरमा गाईलाई खोले पकाउने क्रममा बिहीबार विहान ९ः५० बजे आगलागी भएको प्रहरीले जनाएको छ । 


आगोले फुसको छानो र टाटी बेराले बारेको २ कोठे बिकको घर, घरभित्र रहेका  भाँडा बर्तन, लत्ताकपडा, अन्नपात र सुनचाँदीका केही गरगहनासमेत जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय जलजलेलाई उद्धृत गर्दै जिल्ला प्रहरीले बताए अनुसार आगो १ घण्टा लगाएर नियन्त्रणमा लिइएको छ । 


आगलागीले मानवीय तथा चौपाया क्षति भने नगरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राकेश पोदारले बताए ।