आफ्नै घरको छतमा करेन्ट लागेर मगरको निधन

२0७९ मंसिर २0 मंगलवार
आफ्नै घरको छतमा करेन्ट लागेर मगरको निधन

क्टारी, मंसिर २०

कटारी नगरपालिका २ गराँसका एक युवाको आफ्नै घरको छतमा विद्युतीय झट्का (करेन्ट) लागेर निधन भएको छ । सोमबार साँझ ५ः०० बजे घरको छत ढलानको काम गरिरहेका बेला करेन्ट लागेर घाईते भएका स्थानीय ३० वर्षीय दिलबहादुर थापमगरको उपचारको क्रममा आधा घण्टापछि निधन भएको हो । 


इलाका प्रहरी कार्यालयका अनुसार आफ्नै घरको छत ढलान गर्ने तयारी गरिरहेका उनी फलामे रडले मिर्चया–कटारी खण्डको ३३ हजार भोल्टेज पावरको तार छुन पुग्दा करेन्टले गम्भीर घाईते भएका थिए । स्थानीयले उद्धार गरी तत्काल उपचारका लागि कटारी अस्पता लगेकोमा उपचार गर्दागर्दै ५ः३० बजे निधन भएको हो । 


जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी मोहन थापाका अनुसार इलाका प्रहरी कार्यालय कटारीको टोलीले घट्नास्थलको सर्जमिन मुचुल्का गरी आवश्यक सबै कानुनी प्रक्रिया पुरा गरेर शव पोष्टमार्टम गर्न अस्पताललाई दिएको थियो । पोष्टमार्टमपछि मृतकको शब मंगलबार उनका बुबालाई बुझाइएको थापाले बताएका छन् ।