पत्रकार राईलाई तत्काल रिहा नगरे देशभर आन्दोलनः नेपाल पत्रकार महासंघ

२0७९ मंसिर १८ आईतवार
पत्रकार राईलाई तत्काल रिहा नगरे देशभर आन्दोलनः नेपाल पत्रकार महासंघ

उदयपुर, मंसिर १८

नेपाल पत्रकार महासंघले सातादिनअघि पक्राउ परेका पत्रकार गजेन्द्र राईलाईतत्काल बिनाशर्त रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिदै गृहमन्त्रीको ध्यानाकर्याण गराएको छ । समाचार लेखेकै विषयलाई लिएर ८ दिनतअघि गाईघाटबाट पक्राउ परेका राईलाई बिनाशर्त रिहा गर्न माग गर्दै आईतबार ३ दिने अल्टिमेटम महासंघले गृहमन्त्रीलाई बुझाएको हो । 


साईबर क्राईम गरेको अभियोगमा चुनावी परिणामको रिपोर्टिङको क्रममा फिल्डबाटै पक्राउ परेका राईलाई तत्काल रिहा नगरे देशव्यापी अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी दिइएको हो । नेपाल पत्रकार महासंघ उदयपुरको अगुवाईमा प्रेस सेन्टर नेपाल, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल तथा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को संयुक्त टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्री बालकृष्ण खाँडको ध्यानाकर्षण गराएको हो ।    


महासंघ उदयपुरका निबर्तमान सहसचिव, रेडियो नेपालका जिल्ला संबाददाता, प्रेस सेन्टर नेपालका १ नं. प्रदेश कमिटी सचिव, फोटो पत्रकार महासंघका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य र आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका राईलाई हाल प्रहरी प्रधान कार्यालय साईबर व्युरोले हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाइएको छ ।


समाजिक बिकृति, बिसंगतिबिरुद्ध समाचार लेख्ने कर्तव्य र पेशागत तथा व्यवसायिक धर्म निर्वाह गर्दा साईवर क्राईमको अभियोग लगाएर पक्राउ गरी दुःख दिने कार्यले  ‘साईबर क्राईम ऐन’लाई पत्रकार तह लगाउने माध्याम बनाउन खोजिएको ठहर महासंघले गरेको छ । ‘समाचार लेखेको विषयमा राईलाई पक्राउ गरी मुद्धा चलाउनुलाई महासंघ र सञ्चार संस्थाहरुले बदनियतपूर्ण कदम मानेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । 


महासंघ अध्यक्ष भरत खड्काको नेतृत्वमा गएको टोलीले प्रजिअ जनार्दन गौतममापर्ःत गृहमन्त्रीलाई बुुझाएको हो । ध्यानाकर्षणपत्रमा तथ्य र प्रमाणका आधारमा प्रकाशित समाचारको विषयलाई लिएर साईबर क्राईम मुुद्दा चलाउनुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको ठहर महासंघले गरेका उल्लेख छ । 


राईले निगरानी पोष्टडटकममा प्रकाशित सामग्रीमा पर्याप्त आधार प्रमाण रहेको जिकिर पनि गरिएको छ । समाचारप्रति चित्त नबुझे प्रेस काउन्सिल नेपाललाई गुहार्नुपर्नेमा आकर्षित नै नहुने साईबर क्राईम ऐन अनुसार मुद्धा दिएकोमा पनि महासंघको आपत्ती छ । 


महासंघका अध्यक्ष भरत खड्का र संस्थाका आधिकारिक पदाधिकारीहरुद्वारा हस्ताक्षरित ध्यानाकषंणपत्रमा ३ दिनभित्र माग पुरा नभएकलमजीविहरु देशव्यापी र अनिश्चितकालीन आन्दोलन गर्न बाध्य हुने बताउँदै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेबार सरकार हुनुपर्ने चेतावनी दिइएको छ । 


त्यसैगरी पत्रकार राईको रिहाईको माग गर्दै पत्रकार महासंघ प्रदेश १ कमिटी, जिल्ला शाखाहरु खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, सुनसरी, मोरङ, धनकुटा, तेरथुम, पाँचथर, इलाम, झापा, संखुवासभालगायत प्रदेश १ का १४ वटै जिल्ला शाखा तथा प्रेस सेन्टर, युनियन, चौतारी र फोनिजले ऐक्यबद्धता स्वरुप विज्ञप्ती बुझाएको अध्यक्ष खड्काले बताएका छन् ।