लाहान नगरका मोतिया विन्दु रोगीको निःशुल्क उपचार हुने  

२0७९ मंसिर १५ बिहीबार
लाहान नगरका मोतिया विन्दु रोगीको निःशुल्क उपचार हुने  

बिरेन्द्रप्रसाद नेपाल  
लहान मंसिर १५ 

 

लाहान नगरपालिकाका मोतियाबिन्दुका रोगीले निशूल्क उपचार पाउने भएका छन् । बिहीबार नगरप्रमुख महेशप्रसाद चौधरी र चौधरी आँखा अस्पताल सञ्चालक पद्मनाराण चौधरीबीच सम्झौता भएसँगै नगरबासी मोतियाबिन्दु रोगीले निशूल्क उपचार पाउने भएका हुन् । 

 


नगरपालिकाभित्रका मोतियाबिन्दु बिरामीलाई निशूल्क उपचार गराउन मेयर चौधरीलरे अस्प्ताललाई आग्रह गरे अनुसार सम्झौता भएको हो । मेयर चौधरीको आग्रह अनुसार पूर्व सांसदसमेत रहेका अस्पताल सञ्चालक पद्मनारायण चौधरीले मोतियाबिन्दुका रोगीको निशूल्क शल्यक्रिया (अप्रेसन) गरिदिने भएका छन् । 


बिहीबार एक कार्यक्रमका बीच मेयर चौधरी, उपमेयार रामचलितर माहतो र पूर्व सांसद चौधरीबीचको सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा आँखा अस्पताल ब्यवस्थापन समितिको रोहबरमा नगरभित्र रहेका मोतियाबिन्दुका विरामीको निशूल्क अप्रेसन ग र्ने उल्लेख छ । 


‘अव लहान नगरपालिकाका कुनै पनि मोतियाबिन्दुका बिरामीले पैसा नतिरी उपचार पाउनेछन्’ सम्झौतापछि मेयर चौधरीले भने ‘त्यसका लागि नगरपालिका र अस्प्तालबीच सम्झौता भएको छ । सहयोगका लागि पूर्व सांसद पद्मनारायण चौधरीलाई धेरैधेरै धन्यबाद ।’ 

 
मेयर चौधरीका अनुसार नगरपालिकाले मोतिबिन्दुबाट हुने अन्धोपन हुनबाट रोक्न विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने पनि बताए । सो क्रममा २४ वटा आंखा स्वास्थ्य शिविर सञ्चालन गरेर १ हजार मोतिबिन्दुका बिरामी पत्ता लगाएको छ । 


मोतियाबिन्दुको अप्रेसन गर्दा लाग्ने सेन्स, कन्जुमेबल्स तथा अन्य खर्चवापत प्रतिव्यक्ति २ हजार ५ सयका दरले लाग्ने खर्च नगरपालिकाले बेहोर्ने छ भने बिरामी निको भएर घर फर्कदा यातायात खर्च अस्पताल स्वयंले बेहोर्ने सम्झौतामा उल्लख छ । 


त्यस्तै नगरपालिकाले बिभिन्न ठाउँमा आँखा शिविर सञ्चालन गर्ने, पर्चा पम्प्लेट, माईकिङलगायत प्रचार प्रसार गर्ने, आँखा स्वास्थ्य शिक्षाबारे पत्रपत्रिका, एमफएम रेडियो र टेलिभिजन तथा अनलाइन पोर्टलहरुमा सन्देशमूलक विज्ञापन प्रकाशन प्रशारण गर्ने सम्झौता भएको छ । 


त्यसैगरी अस्पतालले शिविर सञ्चालन भएपछि त्यसको प्रतिबेदन नगरपालिकामा बुझाएपछि कबोल बमोजिम भुक्तानी दिने सम्झौता छ । आंखा शिविरमा विरामीलाई आवश्यक औषधी र चश्मा भने बिरामी स्वयंले किन्नुपर्ने छ । 


यो सम्झौता २०७९ साल मंसिर १५ गतेदेखि २०८० आषाढ १५ गतेसम्म लागू हुने सम्झौता भएको पनि मेयर चौधरीले बताए ।