बिराटनगरमा अन्तर्राष्ट्रियस्तरको ‘कृषि तथा औद्योगिक प्रदर्शनी’ हुने 

२0७९ मंसिर १५ बिहीबार
बिराटनगरमा अन्तर्राष्ट्रियस्तरको ‘कृषि तथा औद्योगिक प्रदर्शनी’ हुने 

विराटनगर, मंसिर १५

विराटनगरमा अन्तर्राष्ट्रियस्तरको ‘कृषि तथा औद्योगिक प्रदर्शनी’ हुने भएको छ । यही आउँदो २९ गतेदेखि पुस ६ गतेसम्म बिराटनगर महानगरपालिका–१४ डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड) परिसरमा हुन गईरहेको ‘सातौं विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी ०७९’ को तयारी अन्तिम चरणमा पुगेको छ । 


आयोजक उद्योग संगठन मोरङका अनुसार आर्थिक र औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यले विराट एक्स्पो २०७९ आयोजना गर्न लागिएको हो । ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ एक्स्पो हुन लागेको हो । एक्पोमा आर्थिक एवं कृषि तथा औद्योगिकक्षेत्रका बिषयगत मुद्दाहरुमा नीतिगत छलफल, अनुभव आदानप्रदान, नवीनतम सोँच भएका युवा उद्यमीको स्टार्ट अप कर्नरका लागि छुट्टै पेभिलियन, प्रदेश आर्थिक वृद्धि तथा लगानी सवलीकरणका लागि एसियन फउण्डेसन र प्रदेश नागरिक विकास बोर्डसँग सहकार्यमा लगानी सम्मेलन, प्रदेश १ मा संभावित लगानीका स्टलहरुको छ्ुट्टाछ्ुट्टै पेभिलियन रहने छन् ।


यो एक्स्पोमा रोबर्टसँग प्रत्यक्ष संवाद गर्ने मौकासमेत मिलाइएको छ । थ्री डी भर्चुअल टुरमार्फत प्रदेश १ को प्रख्यात पर्यटकीय क्षेत्रहरु सगरमाथाको बेस क्याप, गुफा पोखरी, पाथीभरा मन्दिरलगायत देख्न पाइनेछ । पर्यटकीय गन्तब्यको जानकारी, स्थानीय खाना उत्सव, दैनिक साँगीतिक कार्यक्रम सँगै स्थानीय कला संस्कृति एवं कलाकारको प्रस्तुतिकरणहरु रहनेछन् । प्रदेशका सबै कला संस्कृतिको प्रस्तुति एक्पोमा रहनेछ भने राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति पनि छँदैछ । 


रोजगारदाता र रोजगारको खोजीमा रहेकाहरुबीच प्रत्यक्ष भेटघाट गराउन छुट्टै पेभिलियन रहेको एक्सपोमा ४ सय १५ वटा स्टल रहने आयोजकले जनाएको छ । एक्स्पोमा स्वदेशी उत्पादनलाई मुख्य प्राथमिकतामा राखिएको छ भने भारत, बंगलादेश, पाकिस्तानलगायत छिमेकी मुलुकका उत्पादन पनि प्रदर्शनीमा रहनेछन् । भारत बिहारको सीमावर्ती क्षेत्रबाट समेत सहभागी आउने अपेक्षा गरिएको एक्पोको ३ लाख बढी दर्शकले अवलोकन गर्ने आँकलन गरिएको छ । 


स्थानीय अर्थतन्त्रलाई चलायमान गर्दै उद्योग व्यवसायक्षेत्रको प्रबद्र्धन र विकासमा योगदान पु¥याउने उदेश्यले संगठनले २०५३ सालदेखि यस्तो प्रदर्शनी सुरु गरेको हो । सुरुमा ‘कोशी महोत्सव’बाट यात्रा थालेको प्रदर्शनी २०५६ मा ‘पूर्वाञ्चल व्यापार मेला’, २०६२ मा ‘कृषि यान्त्रिक तथा प्रविधि प्रदर्शनी’ को नामले आयोजना गरिएको थियो । त्यो एतिहासलाई निरन्तरता दिदै संगठनले समयानुकुल परिमार्जनससहित २०६६ देखि हरेक २ वर्ष मा ‘विराट एक्स्पो’ आयोजना गर्दै आएको संगठनले जनाएको छ ।