३ दिनपछि उदयपुर १ को गणना सुचारु

२0७९ मंसिर १३ मंगलवार
३ दिनपछि उदयपुर १ को गणना सुचारु

उदयपुर, मंसिर १३

रोकिएको ४८ घण्टापछि उदयपुर १ को मतगणना सुचारु भएको छ । आईतबार विहान १० बजेदेखि अवरुद्ध भएको गणना कार्य निर्वाचन आयोगको आदेशपछि मंगलबार १०ः३० बजेदेखि सुचारु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 


प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाको १ सय थान मतपत्र भेटिएपछि रोकिएको गणना सुचारु गर्न ३ दिन पर्खनु परेको हो । गणना सुचारु गर्न मुख्य निर्वाचन अधिकृतको कर्यालयले सर्वदलीय बैठक राखेर पटक पटक प्रयास गरे पनि सहमति जुट्न सकेको थिएन । 


दलीय सहमति नजुटेपछ निर्वाचन आयोगलाई जिम्मा दिइएको थियो । आयोगले सोमबार दिउदसो नै गणना सुरु हुनुअघि भएको सर्वदलीय सहमतिलाई आधार मानेर गणना कार्य निरन्तरता दिनू भनेर निर्देशन दिए पनि बैठक राख्दा सहमति जुट्न सकेको थिए । सहमति खोज्ने क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयले ५ पटकसम्म गणना गर्ने सू्रचना जारी गरे पनि हुन सकेको थिए । 


कार्यालयले आईतबार ४ः०० बजेदेखि सुचारु गर्ने सूचना जारी गरेको तर, सहमति नजुटेपछि सोमबार विहान ८ः०० बजे, दिउसो १ः०० बजे र दिउसो ४ः०० बजे र राति ८ः०० बजे गर्ने भने पनि हुन सकेको थिए । पटक पटकको प्रयास असफल भएपछि पुनः आयोगको जिम्मा लगाएको मुनिअको कार्यालयले मंगलबार विहानको निर्देशनपछि सुचारु गरेको हो । 


पछिल्लो आदेशमा आयोगको निर्देशन अनसार प्रदेशसभाको मतबारे छानविन गर्दा खसेका १ सय मत एउटै केन्द्रको मतदान अधिकृतको हस्ताक्षर रहेको पाएको र सो मतका बारे निर्वाचन ऐन अनुसार ‘मतदान सकिएपछि अधिकृतहरुले सर्जमिन मुचुल्का गर्दा उल्लेख भएको मतपत्र संख्याबाहेक अन्य मतपत्र भेटिए बदर हुने’ प्रावधान अनुसार थप भेटिएका सबै मत बदर गर्ने निर्णय गरेर गणना सुचारु गरेको हो । 


यता एमालेले भने गणना वहिस्कार गर्दै नाराजुलुस गर्दै हिडेको  छ। त्रियुगा नमूना मावि भवनमा भईरहेको मत गणना कार्य धाँदलीपूर्ण, सत्ताको आडमा गठबन्धन दलहरुले नियम मिचेर गणना गरेको, पुनः मतदान गर्नुपर्नेलगायत मागसहितको नारा लगाउँदै गणनास्थलबाट बाहिरिए पनि एमालेका उम्मेदवार भने गणनास्थलमै रहेको जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाले बताए । 


आईतबार विहान ६ः५० बजेसम्मको गणना क्षेत्र नं. १ मा ६७ हजार ८२ मत गणना भईसकेको छ भने अव ८ हजार हाराहारी मत गन्न बाँकी छ । पछिल्लो परिणाम अनुसार गठबन्धनका उम्मेदवार काँग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्काले २७ हजार ४ सय ८४ मत पाएर अग्रता कायम राखेका छन् । एमालेकी मञ्जुकुमारी चौधरीले २५ हजार ६ सय ५९ मत पाएर पछ्याउँदै छिन् ।