उदयपुर २ का दुवै प्रदेशसभामा गठबन्धन बिजयी 

२0७९ मंसिर ७ बुधबार
उदयपुर २ का दुवै प्रदेशसभामा गठबन्धन बिजयी 

उदयपुर, मंसिर ७

उदयपुृर २ नं. क्षेत्रअन्तर्गत दुवै प्रदेशसभामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ) क) मा माओबादी केन्द्रका नारायण बुर्जामगर विजयी भएका छन् भने ख) मा नेपाली काँग्रेसका रामकुमार खत्री  जिेतका छन् । 


बुधबार दिउसोसम्म घोषित परिणाम अनुसार मगरले ८ हजार १ सय ५ मत पाएर विजयी भएका छन् भने ख) मा खत्रीले १२ हजार ६ सय २७ मत ल्याएर विजयी भएका हुन् ।


क) मा ८ हजार ७० मत ल्याएका निकटतम प्रतिद्वन्द्वी एमालेका देवराज राईभन्दा ३५ मत बढी ल्याएर मगर प्रदेशसभा सदस्य निर्वाीचत भएका हुन् । त्यस्तै ख) मा खत्रीले एमालेका जिवनाथ दाहालभन्दा ३ हजार ३ सय ९१ मतको फराकिलो अन्तरले बाजी मारेको सहायक निर्वाचन अधिकृत देवराज भट्टराईले बताए । 


ख) मा भाले चुनाव चिन्ह लिएको नेश्नल मंगोल अर्गनाईजेसनले १ हजार २ सय ३२ मत पाएको छ भने राप्रपाले १ हजार ३४, जसपाले ७ सय ५२ र नेमपिाले १ सय ३४ मत पाएको भट्टराईले बताएका छन् ।