उदयपुर १ र २ को प्रदेशसभामा गठबन्धनको अग्रता कायमै

२0७९ मंसिर ७ बुधबार
उदयपुर १ र २ को प्रदेशसभामा गठबन्धनको अग्रता कायमै

उदयपुर, मंसिर ७

सोमबार मध्यान्हदेखि जारी रहेको मतगणनाले उदयपुर १ मा संघ र प्रदेश दुवैतर्फ गठबन्धनलाई अग्र स्थान दिइरहेको छ । प्रतिनिधिसभातर्फ बुधबार विहान गनेको १५ हजार ९२ मतको परिणाम अनुसार नेपाली काँग्रेसका डा. नारायण खड्का ६ हजार १ सय ५२ मतले अगाडि छन् ।


एमालेकी मञ्जुकुमारी चौधरीले ५ हजार ७ सय २५ मत पाएकी छिन् । चौधरीभन्दा खड्का ५ सय २६ मतले अगाडि छन् । 


प्रदेशतर्फ क) मा माओबादीका राजन किराती अघिअघि र एमालेका कुशलबाबु बस्नेत पछिपछि छन् । किरातीलाई ५ हजार ४२ मत पर्दा बस्नेतलाई ४ हजार ७ सय ८३ मत परेको छ । 


ख) मा काँग्रेसका हिमाल कार्की एमालेका इश्वरमणि राउतभन्दा १ हजार २० मतान्तरले अगाडि छन् । राउतले ६ हजार ३ सय २ मत पाउँदा कार्कीलाई ७ हजार ३ सय २२ मत परेको छ ।


उता २ नं. क्षेत्रको क) मा १५ हजार २ मत गनिसक्दा माओबादीका नारायण बुर्जा मगर ६ हजार ७ सय ६ मतले अगाडि छन् । एमालेका देवराज राई ६ हजार ४ सय ८० मतले पछ्याईरहेका छन् । 


ख) मा १३ हजार ९ सय ८२ मत गन्दा काँग्रेसका रामकुमार खत्रीलाई ६ हजार ३ सय २ मत प्राप्त भएको छ भने एमालेका जीवनाथ दाहालले ५ हजार १ सय २३ मत पाएका छन् । 


प्रतिनिधिसभातर्फ भने क्षेत्र २ को परिणाम अघिल्लो साँझ नै सार्वजनिक भईसकेको छ । त्यहाँ एमालेका अम्मर रायमाझी १५ हजार २ सय ५१ मत लिएर विजयी भएका छन् ।


उनका निकटतम प्रतिद्वन्द्व एकीकृत समाजबादीका जगन्नाथ खतिवडाले १२ हजार ८ सय ९३ मत प्राप्त भएको छ । नेपाली काँग्रेसका बागी उम्मेदवार रामकुमार राईले १० हजार ३ सय ७९ मत प्राप्त गरेका छन् । 


अघिल्लो चुनावमा माओबादीका पोलिटव्युरो सदस्य सुरेककुमार राई (हिमाल)ले जितेको सो क्षेत्रमा अन्तिम समयमा गठबन्धनले खतिवडालाई टिकट दिएको थियो । एकीकृत समाजबादीको कमजोर संगठन भए पनि काँग्रेस र माओबादीको राम्रो पकड रहेको यो क्षेत्रमा गठबन्धनको बलले उठेका खतिवडा अन्ततः पराजित भएका छन् । 


०५६ मा एमालेबाट चुनाव जितेका खतिवडा ०७० को संविधानसभा निर्वाचनमा पराजित भएका थिए । चुनाव जितेपछि ५ वर्षसम्म फर्केर नआएको भन्दै असन्तुष्टि पोख्ने गरेका थिए । माओबादीका सुरेश राईको जित सुनिश्चित हुँदाहुँदै गठबन्धनले अलोकप्रिय उम्मेदवार पठाएपछि मतदाताले बिकल्पमा एमाले रोज्न बाध्य भएको स्थानीयहरुको निश्कर्ष छ ।