उदयपुर १ मा गठबन्धनका खड्काको अग्रता

२0७९ मंसिर ५ सोमबार
उदयपुर १ मा गठबन्धनका खड्काको अग्रता

उदयपुर, मंसिर ५

उदयपुर १ मा गठबन्धनका उम्मेदवार डा. नारायण खड्काले सुरुवाती अग्रता लिएका छन् । सोमबार मध्यान्ह १२ः४५ बजेदेखि सुरु भएको गणनाको ६ः०० बजेको परिणाम अनुसार नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा बहालवाला परराष्ट्रमन्त्रीसमेत रहेका खड्काले ४ सय ७८ मत पाईरहेका छन् । उनलाई पछ्याउँदै नेकपा (एमाले)की मञ्जुकुमारी चौधरीले ३ सय ६८ मत पाईरुहेकी छिन् । 


पछिल्लो गणना भएको १ हजार २ सय मतको परिणाममा राप्रपाका धु्र्रब रायमाझीलाई ५१ मत परिरहेको छ भने जसपाका गोपाल राईले ४६ पाईरहेको छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार उद्धव अधिकारीले ३४ मत पाईरहँदा अन्य उम्मेदवारहरुले छिटफुट मत पाईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 


१ नं. को मतगणना गाईघाटस्थित त्रियुगा नमूना मावि भवनमा भईरहेको छ । यो क्षेत्रमा सदरमुकाम त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका पर्छन्् । जम्मा १ लाख ३५ हजार ९ सय २५ मतदाता रहेको यो क्षेत्रमा ७६ हजार ६ सय ४ मत खसेको सहायक निर्वाचन अधिृकत धनबहादुर कार्कीले बताए । 


त्यसैगरी २ नं. मा दिउँसो ४ः०० बजेदेखि गणना सुरु भएको छ । १० वटा मतपेटिका खोलेर गन्ने क्रम भईरहेकाले केही समयपछि मात्र नतिजा सार्वजनिक गरिने २ नं. सहायक निर्वाचन अधिकृत देवराज भट्टराईले बताए । कटारी नगरपालिका, लिमचुङबुङ, रौतामाई, उदयपुृरगढी र ताप्ली गाउँपालिका समेटिएको २ नं. क्षेत्रमा ९३ हजार ४ सय २१ मत रहेकोमा ४४ हजार ८ सय ७५ मत खसेको छ ।